१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १६:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भैँसेपाटी आवास निर्माणमा देखिएको अवरोध हटाउन संसदीय समितिको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:५९:oo

ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन संसदीय समितिले सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने भएको छ ।संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने स्थानीयको काम सम्बोधन गर्नका लागि सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो ।

स्थानीयले सो आवासको तीनतिर ११ मिटर बाटो तय गरिएको तर एकातिर भने ८ मिटर मात्रै भएकाले त्यसलाई पनि फराकिलो बनाउनुपर्ने माग गरिरहेका छन्। स्थानीयको सो मागलाई सम्बोधन हुने गरी सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिन लागिएको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिइन्।

बैठकले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन परिसरभित्रको जीर्ण अवस्थामा रहेको नानीगंज भवनको पुनर्निर्माण तथा ढल निकाससम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ । सभापति भट्टले भने, ‘निर्माणाधीन संसद् भवन परिसरभित्रको जीर्ण अवस्थामा रहेको नानीगंज भवनको पुनर्निर्माण गर्नुपर्ने भएको हुँदा हाल भत्काउनुपर्ने समस्या छ।

निर्माणाधीन संसद् भवन परिसरभित्रको ढल निकासका लागि कुकुल पिआइडीसँग समन्वय गर्नुपर्ने यो पनि समस्या छ। त्यस्तै मन्त्री, प्रमुख प्रमुख र मुख्यमन्त्री आवासको हकमा निर्माणस्थलको बाहिरी सडक ११ मिटर बनाउनुपर्ने भन्दै स्थानीयवासीहरूले निर्माण कार्यमा अवरोध सिर्जना गरेको भन्ने कुरा सम्बोधनका लागि स्थानीयवासीको माग ३ तिर ११ मिटरको बाटो रहेछ भने अर्को घनाबस्ती भएकोतिर २७० मिटर सडक ८ मिटरको बाटो हुने कुरा मुनासिव नदेखिएकाले स्थानीयवासीको समस्या सधैँका लागि हल गर्ने गरी माननीय सदस्यहरूको सुझाबलाई मनन गरी सरोकारवालालाई आवश्यक निर्देशन दिनेछौँ।’

बैठकमा स्थानीय मोहन खरेलले स्थानीयलाई न्याय हुने गरी सो आवास निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। उनले बाटो साँघुरो हुँदा त्यसको असर स्थानीयलाई मात्रै नभई सरकारलाई पनि हुने बताए ।

ad
ad