मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ८ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका अन्टानारिभो
२o७८ पौष ८ बिहीबार १४:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अन्टानारिभो
नयाँ पत्रिका
२o७८ पौष ८ बिहीबार १४:१७:oo

अफ्रिकी देश मेडागास्करको तटीय क्षेत्रमा पानीजहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ। यहाँका अधिकारीहरूले बिहीबार २१ शव निकालेपछि मृतकको संख्या ८५ पुगेको बताएका छन्। सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुंगा (पानीजहाज)मा एक सय ३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन्। मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन्।

यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना–इभोंगाेकोतर्फ लगभग सय किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो। नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ‘प्राविधिक समस्या’ भएको देखाएको छ। रासस/एएफपी