१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश–२ अधिवेशनमा कुटाकुट : भोलि मात्रै मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:४४:oo

कांग्रेस प्रदेश–२ को नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । 

यसअघि बुधबार मतदान गर्ने तय गरिएको थियो । निर्वाचन समितिले प्राविधिक कारणले बिहीबारसम्मका लागि मतदान स्थगित गरिएको बताएको छ । 

प्रदेश २ मा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष र सभापतिमा पराजित भएका डा. शेखर कोइराला र विमलेन्द्र निधि पक्ष प्रतिस्पर्धामा छ । प्रदेश २ को सभापतिमा देउवा पक्षबाट कृष्ण यादव र कोइराला–निधि पक्षबाट रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

दुई पक्षका कार्यकर्ताबीच कुटाकुटसमेत भएको छ । देउवा पक्षले बुधबार नै मतदान हुनुपर्ने र कोइराला–निधि पक्षले राति मतदान गर्न नहुने भन्दै नाराबाजी गरिरहेको वेला कुटाकुट भएको हो । 

कोइराला–निधि पक्षका नवनित झालगायत घाइते भएको क्षेत्रीय प्रतिनिधि दीपक ठाकुरले बताए । निर्वाचनस्थलमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको छ ।

राति मतदान हुँदा प्रहरी प्रशासनको दुरुपयोग हुने भन्दै कोइराला–निधि पक्षले बिहीबार बिहान मात्रै मतदान सुरु गर्नुपर्ने माग गरेको थियो ।

ad
ad