प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएकाे सर्वदलीय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा लैजाने र अनुमोदन गर्ने विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर गरिरहेको संसद् अवरोध तथा एमसिसीका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। तर, बैठकमा एमाले भने उपस्थित छैन। सर्वदलीय बैठक सुरु हुनुअघि आजै सत्तासाझेदार गठबन्धनका दलहरूको बैठक बसेको थियो।