१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
अर्जुन अधिकारी काठमाडाैं
Invalid date format o६:oo:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अतिरिक्त २० लाख दिन एमबिबिएसका विद्यार्थीलाई मेडिकल कलेजहरूको दबाब

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:oo:oo

सरकारले उपत्यकाका कलेजमा ४० लाख र उपत्यकाबाहिर ४४ लाख शुल्क तोकेकोमा काठमाडौं मेडिकल कलेज, पोखराको मणिपाल र विराटनगरको नोबेलले ६५ लाखसम्म मागेको विद्यार्थीको गुनासो

काठमाडौं विश्वविद्यालयअन्तर्गत सञ्चालित मेडिकल कलेजहरूले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा २० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क बुझाउन दबाब दिएका छन् । मणिपाल, नोबेल र काठमाडौं मेडिकल कलेजले बढी शुल्क मागेको विद्यार्थीले गुनासो गरेका छन् । 

कोरोनाका कारण दुई वर्षदेखि ठप्प भएको एमबिबिएसको भर्ना यो वर्ष खुलेको थियो । मेरिट लिस्टअनुसार भर्ना हुन गएका विद्यार्थीसँग कलेजले सम्झौता गराउँदा नै बढी रकम तिर्न दबाब दिएका हुन् । चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्माले पनि विभिन्न मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको तथा बुझाउन दबाब दिएको सूचना आएको बताए । ‘अतिरिक्त शुल्क उठाएको तथा बुझाउन दबाब दिएको सूचनाहरू आएका छन् । पीडित विद्यार्थीले आन्दोलन नै गर्न थालेका छन्,’ शर्माले भने, ‘चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने घुसिया हुन् ।’ 

चिकित्सा शिक्षा आयोगका निर्देशक  डा. दिलीप शर्मा भन्छन्– तोकेभन्दा बढी शुल्क लिने घुसिया हुन्

विभिन्न मेडिकल कलेजले तोकेभन्दा अतिरिक्त शुल्क लिएको तथा बुझाउन दबाब दिएको सूचनाहरू आयोगमा आएका छन् । पीडित विद्यार्थीले आन्दोलन नै गर्न थालेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने घुसिया हुन् । 

आयोगले २८ कात्तिकमा मेडिकल अध्ययनको शुल्क निर्धारण गरेको थियो । जसअनुसार एमबिबिएसका लागि काठमाडौं उपत्यकाभित्रका कलेजमा ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिरको हकमा ४४ लाख ३६ हजार २५ रुपैयाँ कायम गरेको छ । तर, मेडिकल कलेजहरूले विद्यार्थीसँग ६० देखि ६५ लाख रुपैयाँसम्म दिन दबाब दिएको पीडित विद्यार्थीहरूको गुनासो छ ।

उनीहरूका अनुसार केयू एफिलिएसन चार्ज ९८ हजार, इन्टर्नसिप शुल्क २ लाख ४० हजार, केयू परीक्षा शुल्क प्रतिसेमेस्टर ११ हजारका दरले १२ सेमेस्टरको १ लाख ३२ हजार, एप्लिकेसन फारम शुल्क पाँच हजार, कम्युनिटी शुल्क, होस्टेल, खाना, कपडा, इन्टरनेटलगायत शीर्षकमा गरी चार वर्षमा २० लाखभन्दा बढी तिर्नुपर्नेछ । नियमतः कलेजहरूले साढे चार वर्ष अध्ययन र एक वर्ष इन्टर्नसिपका लागि आयोगले तोकेभन्दा बढी शुल्क लिन पाउँदैनन् । 

नियमतः विद्यार्थीले चारवर्षे अध्ययनमा लाग्ने सबै शुल्क तीन वर्षभित्र तिर्नुपर्छ । भर्नाको समयमा १३ लाख ४१ हजार, परीक्षा शुल्क प्रत्येक किस्तामा आठ लाख ९४ हजार ८४ रुपैयाँका दरले तीन किस्तामा २६ लाख ८२ हजार दुई सय ५२ रुपैयाँ गरी उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५२ रुपैयाँ तिर्नुपर्छ । 

कलेजले विभिन्न अतिरिक्त शीर्षकमा शुल्क मागेपछि विद्यार्थीले काठमाडौं मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगमा विरोध जनाएका छन् । बढी शुल्क लिने कलेजमाथि कारबाही गर्न माग गरेका छन् । चिकित्सा शिक्षा संघर्ष अभियानका प्रवक्ता धनबहादुर तामाङले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले बढी शुल्क नलिन कलेजहरूलाई आग्रह गरेका छन् । 

काठमाडौं विश्वविद्यालयअन्तर्गत सञ्चालित मेडिकल कलेजहरूले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा २० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क बुझाउन दबाब दिएका छन् । मणिपाल, नोबेल र काठमाडौं मेडिकल कलेजले बढी शुल्क मागेको विद्यार्थीले गुनासो गरेका छन् । 

कोरोनाका कारण दुई वर्षदेखि ठप्प भएको एमबिबिएसको भर्ना यो वर्ष खुलेको थियो । मेरिट लिस्टअनुसार भर्ना हुन गएका विद्यार्थीसँग कलेजले सम्झौता गराउँदा नै बढी रकम तिर्न दबाब दिएका हुन् । चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्माले पनि विभिन्न मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको तथा बुझाउन दबाब दिएको सूचना आएको बताए । ‘अतिरिक्त शुल्क उठाएको तथा बुझाउन दबाब दिएको सूचनाहरू आएका छन् । पीडित विद्यार्थीले आन्दोलन नै गर्न थालेका छन्,’ शर्माले भने, ‘चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने घुसिया हुन् ।’ 

आयोगले २८ कात्तिकमा मेडिकल अध्ययनको शुल्क निर्धारण गरेको थियो । जसअनुसार एमबिबिएसका लागि काठमाडौं उपत्यकाभित्रका कलेजमा ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिरको हकमा ४४ लाख ३६ हजार २५ रुपैयाँ कायम गरेको छ । तर, मेडिकल कलेजहरूले विद्यार्थीसँग ६० देखि ६५ लाख रुपैयाँसम्म दिन दबाब दिएको पीडित विद्यार्थीहरूको गुनासो छ । उनीहरूका अनुसार केयू एफिलिएसन चार्ज ९८ हजार, इन्टर्नसिप शुल्क २ लाख ४० हजार, केयू परीक्षा शुल्क प्रतिसेमेस्टर ११ हजारका दरले १२ सेमेस्टरको १ लाख ३२ हजार, एप्लिकेसन फारम शुल्क पाँच हजार, कम्युनिटी शुल्क, होस्टेल, खाना, कपडा, इन्टरनेटलगायत शीर्षकमा गरी चार वर्षमा २० लाखभन्दा बढी तिर्नुपर्नेछ । नियमतः कलेजहरूले साढे चार वर्ष अध्ययन र एक वर्ष इन्टर्नसिपका लागि आयोगले तोकेभन्दा बढी शुल्क लिन पाउँदैनन् । 