
एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी भएको छ।
बुधबार उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। गीता रानाले दुई, निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरेका हुन्। खेलभर नेपालले श्रीलंकाको पोस्टमा ३४ भन्दा धेरै प्रहार गरेको थियो। खेल सकिन चार मिनेटअघि घाइते भएपछि प्रीति राईलाई मैदानबाट निकालिएको थियो।
यो जितसँगै नेपालले समूह ‘एफ’ मा लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को जित निकालेको थियो। यता, समूहकै अर्को खेलमा बलियो उज्वेकिस्तानलाई श्रीलंकालाई १०–० ले हराएको हो। आज नै उज्वेकिस्तानले लाओससँग खेल्दै छ।
समूहको शीर्ष एक टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपालको र उज्वेकिस्तानबिचको एक टिम एसिया कपमा स्थान बनाउने सम्भावना रहेको छ।