१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Friday, 09 May, 2025
फाइल फोटो ।
२o७८ मङ्सिर २७ सोमबार १२:२४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोही मारिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार १२:२४:oo

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रूपमा कारबाही जारी राखेको छ। हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० हुथी विद्रोहीहरू मारिएका बताइएको छ। शनिबारदेखि यहाँको मारिब प्रान्तमा साउदी सेनाले निरन्तर रूपमा कारबाही जारी राखेको बताइएको छ।

उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० हुथी विद्रोहीहरूको ज्यान गएको साउदी अरेबियाको सरकारी प्रेसले शनिबार जनाएको थियो। तर, आइतबार यसमा वृद्धि भएको छ। सो कारबाहीमा परेर कम्तीमा पनि २०० जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले आइतबार साँझ पुष्टि गरेको जानकारी दिएका छन्।

यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ। उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन्। मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोही रहेको सूचनाका आधारमा सो आक्रमण गरेको थियो ।साउदी सेनाको नेतृत्वको हवाई सेनाले शनिबारदेखि नै सो क्षेत्रमा हमला गरेका हुन्। शनिबारदेखि कम्तीमा पनि ३६ वटा साना–ठूला आक्रमण गरेको पाइएको छ।

शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीका कम्तीमा पनि २१ वटा आश्रयस्थल र केही सवारीसाधन ध्वस्त पारिदिएको बताइएको छ। साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ। यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन्। रासस/सिन्ह्वा