१४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारीसँगै गगन थापाको चर्चा चुलिएको छ । त्यसमा पनि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहितको अवधारणापत्रमा व्याख्यासहित ‘सामाजिक लोकतन्त्र’ वाक्यांशको प्रयोगमार्फत आफूलाई विचारसहितको नेता पुष्टि गर्ने प्रयास पनि गरेका छन् । महाधिवेशनमा महामन्त्रीका लागि मत माग्ने चटारोमा रहेका थापासँग नयाँ पत्रिकाका सुजित महत र किरण दहालले गरेको संवाद :
तपाईंले आफ्नो अवधारणापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्नुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दा यो कति फरक छ ?
संविधान निर्माणको चरण सकिएपछि समृद्ध नेपाल अबको हाम्रो गन्तव्य हो भन्ने एउटा राजनीतिक दृष्टिकोण छ । समृद्धिको मानक भनेको भौतिक विकासका सूचक हुन् । हामी चौडा सडक, भीमकाय हवाई अड्डा, रेल, आलिसान पानीजहाज, भ्युटावर आदि ठुल्ठूला पूर्वाधारका आधारमा समृद्धिको कल्पना गर्छौँ । हाम्रो कल्पनामा पश्चिमा सहरहरूको बिम्ब छ । त्यसैलाई समृद्धिको सूचक मानिएको छ र तदनुरूप नै बुझाइएको छ । त्यसखाले समृद्धिमा समाजमा उत्पन्न हुने असमानता गौण हुन्छन् । त्यो वैभवको उपभोग कसले गर्ने भन्ने गौण हुन्छ । मात्र, एउटै कुरामा जोड हुन्छ– पूर्वाधार । त्यस्तो समृद्धिको आधार दिगो नरहने भौतिक विकास हो, जसले प्राकृतिक स्रोतको अवैज्ञानिक दोहन गरेर पर्यावरणीय संकट निम्त्याउँछस विभेदका संरचनालाई झन् सुदृढ गर्छस निश्चित ठाउँमा जनसंख्याको केन्द्रीकरण गर्दै लैजान्छस सहरी र ग्रामीण, धनी र गरिबबीचको खाडल अझ फराकिलो बनाएर द्वन्द्वको अवस्था सिर्जना गर्छ । त्यो समृद्धिमा गगनचुम्बी भ्युटावर छन्, जहाँ उक्लिएर तल हेर्दा मानिस र तिनका सपना कमिलाजस्ता साना देखिन्छन् । त्यो समृद्धि नभएर समृद्धिको भ्रम मात्र हो । यो कुरा विश्वभरिको अभ्यासले प्रमाणित गरिसकेको छ । संसारभरि आँधी जसरी आएको दक्षिणपन्थी राजनीतिको उभारमा केही निश्चित वर्ग मात्र लाभान्वित हुने, यस्तै भौतिक विकासको ठूलो भूमिका रहेको बिस्तारै पुष्टि हुँदै छ । त्यो समृद्धि त होइन नै, ठूलो राजनीतिक द्वन्द्वको कारक पनि रहेछ ।
तर ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा र समृद्धिको चित्रमा आधारभूत भिन्नता छ । ‘समुन्नत नेपाल’ एउटा निश्चित गन्तव्य नभएर राष्ट्र निर्माणको एउटा निरन्तर प्रयत्न हो । आजभन्दा भोलि र भोलिभन्दा पर्सि झन् उन्नत बनाउँदै लैजाने लगातारको कोसिस हो । भौतिक संरचनाको विकास हाम्रो आवश्यकता पक्कै हो, तर ‘समुन्नत नेपाल’को केन्द्रमा एउटा भुइँमान्छे छ, उसका आकांक्षा र सपना छन्, उसको व्यक्तित्वको आफ्नै विशिष्ट पहिचान छ । समुन्नत नेपालमा पनि भौतिक संरचना त हुन्छन् नै, तर ती उसका तिनै सपनाहरूको पूर्तिका साधन मात्र हुन्, तिनको निर्माणमा उसको चासो, सक्रिय सहभागिता र सिर्जनशीलता जोडिएको हुँदा तिनले विभेदको होइन अपनत्वको भाव सिर्जना गर्छन् । त्यस्तो भौतिक विकास मात्र मानिसको सुखको स्रोत हुन्छ ।
वंश वा जाति वा लिंगका आधारमा प्राप्त हुने विशेषाधिकार घट्दै जानु, परिवार र भूगोलका आधारमा भाग्य निर्धारण हुने अवस्था अन्त्य हुँदै जानु, जीविकोपार्जनका न्यूनतम आधारको प्रत्याभूतिले नागरिकको स्वतन्त्रता र सिर्जनशीलतामा विस्तार हुँदै जानु समुन्नति प्राप्त हुँदै गएका मानक हुन् । नागरिकको सक्षम हुने प्रयत्नमा राज्यले प्रोत्साहन गर्ने हुँदा ऊ अझ स्वावलम्बी, सम्पन्न र राष्ट्रनिर्माणमा योगदान गर्न हरदम प्रेरित रहन्छ । त्यस्ता नेपाली नागरिकको सामूहिक प्रयत्नबाट मुलुकको सम्पन्नता वृद्धि हुँदै जान्छ । तिनको सामूहिक प्रयत्नबाट निर्माण हुँदै गरेको सम्पन्न नेपालमा जातीय, भाषिक, क्षेत्रीयलगायतका विविधताको जोडबाट राष्ट्रियताको नयाँ भाव सिर्जना भई राष्ट्रियता सुदृढ हुनेछ । समुन्नतिको ‘स्केल’ बनाउने कुराले भन्छ– समुन्नतिको बाटोमा हिँड्दै गर्दा समृद्धि त आफैँ प्राप्त हुन्छ । समुन्नतिको केन्द्रमा एउटा सक्षम र सबल मानिस छ र त्यही नै आधारभूत भिन्नता हो ।
पार्टी राज्यको दोहन गर्ने एजेन्सी मात्रै बन्यो भन्ने कुरा उठिरहेको छ । तपाईंले कल्पना गरेको पार्टीचाहिँ कस्तो हुन्छ ?
राजनीतिक दलको एउटै मिसन निर्वाचन जित्ने भनेर कार्यकर्तालाई बुझाइयो । तर, निर्वाचन किन जित्ने भन्ने प्रश्नको जवाफ दिन आवश्यक ठानिएन । पार्टी केका लागि रु निर्वाचन जित्न । पार्टीका कार्यकर्ता केका लागि रु निर्वाचन जित्न । र, निर्वाचन किन जित्ने रु जवाफ छैन । निर्वाचन जितेपछि के गर्ने भन्ने थाहा नभएपछि उपलब्ध स्रोत र साधन आफू र आफ्नो पार्टीका लागि प्रयोग गर्नुपर्छ भन्ने हुन्छ । त्यसकारण मौका पाउँदै गर्दा राज्यको दोहन हुने भयो । यसलाई सामान्य र स्वाभाविक ठानियो । तर, मैले अघि भनेका समुन्नतिका लक्ष्य स्पष्ट हुन्छ । कार्यक्रम हुन्छ, प्रत्येक पार्टीको कार्यकर्ता त्यो कार्यक्रमसँग जोडिन्छ । सरकारमा जाने कुरा त स्वाभाविक र कतिपय अवस्थामा गौण हुन जान्छ । सरकारमा किन जाने रु सार्वजनिक नीति बनाउन । नीति किन बनाउने रु समुन्नति प्राप्त गर्न ।
राजनीतिक दलको एउटै मिसन निर्वाचन जित्ने भनेर कार्यकर्तालाई बुझाइयो । तर, निर्वाचन किन जित्ने भन्ने प्रश्नको जवाफ दिन आवश्यक ठानिएन । पार्टी केका लागि रु निर्वाचन जित्न । पार्टीका कार्यकर्ता केका लागि रु निर्वाचन जित्न । र, निर्वाचन किन जित्ने रु जवाफ छैन । निर्वाचन जितेपछि के गर्ने भन्ने थाहा नभएपछि उपलब्ध स्रोत र साधन आफू र आफ्नो पार्टीका लागि प्रयोग गर्नुपर्छ भन्ने हुन्छ । त्यसकारण मौका पाउँदै गर्दा राज्यको दोहन हुने भयो ।
सरकारबाहिर बस्दा के गर्ने रु पार्टीको आफ्नै सञ्जाल र सत्ता छ, त्यसैको प्रयोग गरेर सरकारबाहिरबाट पनि समुन्नतिका लागि योगदान गर्ने । त्यसपछि पार्टीको कार्यकर्ता निर्वाचन जिताउने साधनबाट सामाजिक आन्दोलनको अभियन्ता बन्छ । प्रत्येक पार्टीका कार्यकर्ता एक अभियन्ता हुन्छ । किन पार्टीमा लागिरहेको छ रु समाज बदल्न चाहन्छ । उसको व्यवहार बदलिन्छ । समाजका हस्तक्षेप उसले बदल्ने भयो । उसले नयाँ लक्ष्य पायो । कांग्रेसको सदस्य हुने कुराको उसले नयाँ मान्यता पायो । यो विगतमा ९००६ सालमा, ०४६ सालअघि० थियो । उदाहरण नै हेरौँ न । अहिले हामी विद्यालयमा दुईजना कांग्रेस कार्यकर्ता छिराउन चाहन्छौँ । किनभने, त्यहाँ आफ्नो प्रभाव पार्न र भोलि निर्वाचन जित्न । तर, समुन्नतिमा सार्वजनिक शिक्षा गुणस्तरीय बनाउनुपर्छ भन्ने हुन्छ । कोही कार्यकर्ता शिक्षक वा विद्यालय व्यवस्थापन समितिमा जाने वा नजाने भन्नेभन्दा पनि सार्वजनिक शिक्षा गुणस्तरीय भयो कि भएन भनेर सोच्ने हुन्छ । अथवा, त्यहाँ जाँदा पनि सार्वजनिक शिक्षाको जग कसरी सुदृढ पार्ने भन्ने उद्देश्य लिएर जाने हुन्छ । त्यसैले पार्टीका कार्यकर्ताको जुन अभिमुखीकरण हामीले विगतमा गर्यौँ, त्यसलाई नयाँ ठाउँमा लिएर जाने हो । ऊ कांग्रेस हुनुको नयाँ अर्थ दिने हो, जसका कारण उसले भोलिका दिनमा नयाँ ढंगले योगदान गर्न सक्छ ।
तपाईंले अवधारणापत्रमा एउटा प्रश्न उठाउनुभएको छ– कांग्रेसले चुनाव किन जित्ने रु यो प्रश्न तपाईंलाई नै सोधेँ भने के जवाफ दिनुहुन्छ ?
राजनीतिक आन्दोलनबाट सफलता प्राप्त गर्ने, त्यसको व्यवस्थापन गर्न नसक्ने, त्योसँग जोडिएका आकांक्षाको सम्बोधन गर्न नसक्ने, त्यसपछि नागरिकको नैराश्यतामा खेलेर त्यो व्यवस्थाका विरुद्धमा जनमत संकलन गर्ने र व्यवस्था फ्याँक्ने स्थिति हामीले देख्यौँ । करिब–करिब ६ दशकदेखि हामीले यही चक्र भोग्दै आएका छौँ । दुःखको यो चक्रलाई अब दोहोर्याउनुहुँदैन । अहिलेको संवैधानिक प्रक्रिया जोगाउने हो ।
नेपाली समाजभित्र अहिले सबैभन्दा ठूलो चुनौती ‘मोडरेट पोलिटिकल फोर्स’ हो । विश्वका कतिपय मुलुकमा झैँ हाम्रोमा पनि विभिन्न नाममा दक्षिणपन्थी रुझान भएको अतिवाद मौलाउन सक्छ । जात, धर्मलगायत थुप्रै किसिमका अतिवादी नारा बेचेरसमेत त्यसो हुने गर्छ । कहीँ राष्ट्रियताको भयंकर ठूलो भय खडा गरेर हुने गर्छ । त्यस किसिमको अतिवाद मौलाउन सक्ने उर्वर अवस्था यहाँ निर्माण हुँदै गएको आभास हुन्छ । नेपालभित्र मौलाइरहेका सबैखाले अतिवादलाई निर्मूल पारी मुलुकलाई हाम्रो लोकतान्त्रिक संविधानले देखाएको मूल मार्गमा हिँडाइरहने दायित्व नेपाली कांग्रेसको हो । हामी राजनीतिक दल हो, निश्चय नै सरकारमा पुग्न चाहन्छौँ । किनकि हामी मुलुकको तरल राजनीतिक स्थितिलाई सम्हाल्न र डेलिभर गर्न चाहन्छौँ ।
स्थिर सरकारले ल्याउने नीति–कार्यक्रमबाट एउटा मानिसको दैनिक जीवनमा बदलाव आउँछ भन्ने अपेक्षा हुन्छ । त्यसलाई सम्बोधन गर्न सक्ने उत्साह, योग्यता र इमान भएको राजनीतिक दलका रूपमा नेपाली कांग्रेसको रूपान्तरण हुनुपर्छ र हुनेछ । त्यसो भयो भने मैले भनेको कुराबाट कांग्रेसभन्दा बाहेकका नागरिकलाई पनि कांग्रेस बन्न रुचि लाग्छ । कांग्रेसले जित्दै गर्दा यसले देशलाई दुर्घटनाबाट बचाउँछ भन्ने हुन्छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई यसले सम्हाल्छ, राष्ट्रियतालाई मजबुत बनाउँछ, प्रजातन्त्रलाई विस्तार गर्छ, अतिवाद फस्टाउन दिँदैन भन्ने हुन्छ । कांग्रेस चुनाव जितेर सरकारमा जान्छ र यसले डेलिभर गर्छ, त्यो डेलिभरीले मेरो जीवनमा बदलाव ल्याउँछ, त्यसकारण कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्ने ठाउँमा नागरिक पुग्छन् ।
सामाजिक लोकतन्त्रको मान्यता अघि सारेर बिपीको प्रजातान्त्रिक समाजवादलाई चुनौती दियो भन्ने आरोप पनि लगाइसके, के भन्नुहुन्छ ?
जननायक बिपी कोइरालामाथि प्रजातान्त्रिक समाजवादको विषयलाई लिएर सबैभन्दा ठूलो अन्याय भएको छ । र, हामी नै त्यो अन्याय गरिरहेका छौँ । नेपाली समाज परिवर्तन गर्न बिपीले प्रस्ताव गरेका नीतिको अध्ययन, विश्लेषण गर्दा बिपीको प्रस्ट भेटिन्छन्– व्यक्तिसँग असीमित सम्भावना हुन्छ । व्यक्तिले राजनीतिक स्वतन्त्रता पाउँदा मात्रै त्यो सम्भावनामा थप विस्तार हुन सक्छ । स्वतन्त्रता मात्रैले पुग्दैन, स्वतन्त्रताका अन्य आर्थिक, सामाजिक र राजनीतिक बाधालाई पन्छाउनुपर्छ । बिपीका लागि समाजवाद त्यही नै हो । त्यही सबल नागरिक निर्माण गर्ने सोचका साथ बिपीले विभिन्न कालखण्डमा फरक–फरक प्रभावशाली कार्यक्रम अघि सार्नुभयो । बौद्धिक चेतना र देश बदल्ने हुटहुटी भएको क्रियाशील राजनीतिज्ञका लागि त्यो स्वाभाविक हो । त्यसैले उहाँका त्यस्ता कार्यक्रमको विविधतालाई लिएर हामी अल्मलिएका छौँ । त्यो बिपीमाथि ठूलो अन्याय हो ।
बिपीले छाडेर गएको संसारले थुप्रै नयाँ अनुभव हासिल गरेको छ । कम्युनिस्टको सर्वसत्तावादसँगै पुँजीवादको उच्छृंखलताको नमीठो अनुभव गरेर गहन शिक्षा हासिल गरेको छ । धेरै किसिमका राजनीतिक, आर्थिक र सामाजिक अनुभवले समृद्ध आजको युगमा बिपी कोइराला हुनुभएको भए कसरी सोच्नुहुन्थ्यो होलास कांग्रेसलाई कसरी अघि बढाउनुहुन्थ्यो होला भनेर हामी कल्पना गरिरहन्छौँ । मैले पनि त्यही प्रयत्न गरेको हुँ, उहाँको थप व्याख्या र विस्तार गर्ने प्रयास गरेको हुँ । बिपीका लागि व्यक्तिको स्वतन्त्रता सर्वोपरि थियो । उहाँ प्रत्येक नागरिकलाई सबल र सम्मानित बनाउन चाहनुहुन्थ्यो । समुन्नत नेपाल कार्यक्रमको केन्द्रमा त्यही व्यक्ति छ, उसलाई अझ स्वतन्त्र बनाउन सामाजिक र राजनीतिक स्वरूपमा प्रकट हुने त्यसका बाधकहरूलाई हटाउँदै उसलाई सबल र सम्मानित बनाउने प्रयत्न नै ‘समुन्नत नेपाल’को मिसन हो । तसर्थ, त्यो बिपीको राजनीतिक विचारसँग भिन्न छैन । बिपीले देखाएको नेपालको सपना नै त्यही हो ।
कांग्रेसमा विचारको बहस भएन भन्ने एउटा पक्ष छ । अर्को पक्ष विचारभन्दा डेलिभरीलाई महŒव दिने भन्ने छ । यसबारे तपाईंका विचारचाहिँ के हुन् ?
डेलिभरीका लागि वैचारिक स्पष्टता चाहिन्छ नै । एउटा उदाहरणबाट प्रस्ट पारौँ । हामीले संविधानमा शिक्षालाई संवैधानिक हक भनेर लेखेका छौँ । तर, हाम्रो सार्वजनिक शिक्षाको हरिबिजोग छ । बेथिति छ । शिक्षालाई संवैधानिक हक, कल्याण र अधिकारको कोणबाट हेर्छौँ । मेरो विचारमा अशिक्षा र गुणस्तरहीन शिक्षा हुनु भनेको नागरिक सबल नहुनु हो । नागरिक सबल नहुनु भनेको सम्पन्नताको ठूलो बाधक हो । त्यो कल्याणको विषय होइन, मुलुकको सम्पन्नतामा योगदान दिन सक्ने नागरिक बनाउन गरिने लगानीको विषय हो । यस्तो लगानीले सक्षम नागरिकको रूपमा प्रतिफल दिन्छ भन्ने मेरो मान्यता हो । नेपालीलाई सबल र सम्पन्न बनाउनु छ भने शिक्षामा ठूलो लगानी आवश्यक छ । आजको दिनमा कोही स्कुल भर्ना हुन्छ । त्यसमध्ये आधाले कक्षा छाड्छन् । कक्षामा बसेको विद्यार्थीले पनि केही बुझ्दैन । बुझेको विद्यार्थीको सिकाइ छैन ।
सिकेको विद्यार्थीले पनि भोलिका दिनमा केही गर्न सक्ने सक्षमता हासिल गरेको हुँदैन । कत्रो समस्या छ रु तर, मैले शिक्षा लगानी हो भनेर स्पष्ट भएर मात्रै हुँदैन । यो वास्तविकतामा मैले के–के गरेँ भने शिक्षाको अवस्था फेरिन्छ भन्ने कार्यक्रम बनाउनुपर्छ । मैले ऐन, नियममा के बदल्ने, कक्षाकोठामा के बदल्ने भन्नेबारे सोच्नुपर्छ । किनभने म शून्यबाट सुरु गर्न पाउँदिनँ । त्यसकारण मैले के–के गर्छु भन्ने कुराको योजना हुनुपर्छ । यही कुरालाई लिएर मलगायत केही साथीहरू दुई वर्षदेखि नेपाली कांग्रेस सरकारमा आयो भने पहिलो दिनबाट पाचौँ वर्षसम्म शिक्षालगायतका धेरै क्षेत्रमा के गर्ने भनेर वैचारिक रूपमा स्पष्ट हुने गरी अध्ययन गरेका छौँ । हामी कहाँ छौँ, के गर्छौँ, कसरी गर्छौँ, प्रतिफल कस्तो हुन्छ भन्ने कुराको कार्यक्रम बनाउन दुई वर्षदेखि काम गरिरहेको छौँ । यो डेलिभरीको विषय हो । हामीले गरेको यो कामलाई पार्टीको सम्पत्ति बनाउन चाहन्छौँ जसले गर्दा मंसिरमा चुनावमा जाँदै गर्दा उसँग वैचारिक स्पष्टता पनि हुन्छ । स्पष्ट सिद्धान्त पनि हुन्छ । सिद्धान्तका आधारमा कार्यक्रमको प्रस्टता पनि हुन्छ । काम कसरी गर्ने भन्ने विस्तृत कार्ययोजना हुन्छ ।
तपाईंले आफ्नो अवधारणामा ‘गाउँले सत्ता’ भन्ने शब्द प्रयोग गर्नुभएको छ । त्यो भनेको कस्तो हो ?
हामीले स्थानीय सरकार बनाएका छौँ । संविधानले यसलाई प्रचुर अधिकार दिएको छ । स्थानीय सरकारले केहीकेही असाध्यै राम्रो काम पनि गरेको छ । जनप्रतिनिधि भएर काम गरिरहँदा मैले कस्तो पाएको छु भने सरकार बलियो हुनु भनेको नागरिक कमजोर भएर होइन । नागरिक जति बलियो हुन्छ, सरकार त्यति बढी बलियो हुने हो । हाम्रोमा सरकार र नागरिकको सम्बन्ध निर्वाचनमा हुने मतदानको मात्रै भयो । हामी केही वर्षमा मतदान गर्छौँ । त्यसपछि हाम्रो सहभागिता एकदमै कमजोर रहन्छ । स्विट्जरल्यान्डको क्यान्टोनहरूले मलाई एकदमै ठूलो प्रभाव पारेको छ । लोकतन्त्रको प्रणालीले पनि मलाई प्रभाव पारेको छ । हामीले त्यहाँबाट केही कुरा सिक्न सक्छौँ । वडास्तरमा हाम्रो सरकार छ । एकपटक जित्यो अनि पाँच वर्षसम्म चुप बस्ने होइन । शासनको दैनन्दिन कुरामा पनि उसले नागरिकको सहभागिता खोज्नुपर्छ । त्यो गर्न सकिन्छ, गरेर जाने हो । यसबाट सरकार र नागरिकको सम्बन्ध भोट हाल्ने र भोट लिने कुरामा मात्रै सीमित नरहोस् । उसले आवश्यक पर्दा हस्तक्षेप गर्ने ठाउँ रहनुपर्छ ।
कांग्रेस सफा देखियो, पवित्र देखियो र भरोसायोग्य देखिने अवस्था हामीले निर्माण गर्न सक्यौँ भने यसले स्वतः दशौँ लाख मानिसलाई आफूतिर आकर्षित गर्छ । निर्वाचन त सजिलै जितिहालिन्छ नि १ नेतृत्व बदलियो भने कांग्रेसका लागि अवसरको ढोका खुल्छ । बदलिएन भने पालुवा फेरिँदैन, हाम्रा लागि त्यो ढोका झन् साँघुरो हुन्छ ।
महाधिवेशनपछि कांग्रेसमा केही फरकपनको अनुभूति गर्न सकिन्छ ?
महाधिवेशनले हामीलाई तरंगित गरिरहेको छ । अधिवेशनपछि कांग्रेसको क्रियाशील सदस्यतावाहकलाई पार्टीले निरन्तर आफूसँग जोड्न सक्छ । उसलाई भोट हाल्ने ३० लाख मतदातालाई त जोडिहाल्छ । त्योभन्दा बाहिरको जो आजसम्म नेपाली कांग्रेसको मतदाता नै होइन, तिनलाई कांग्रेसमा आकर्षित गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई मैले मानक मानेको छु । कांग्रेस सफा देखियो, पवित्र देखियो र भरोसायोग्य देखिने अवस्था हामीले निर्माण गर्न सक्यौँ भने यसले स्वतः दशौँ लाख मानिसलाई आफूतिर आकर्षित गर्छ । निर्वाचन त सजिलै जितिहालिन्छ नि । नेतृत्व बदलियो भने कांग्रेसका लागि अवसरको ढोका खुल्छ । बदलिएन भने पालुवा फेरिँदैन हाम्रा लागि त्यो ढोका झन् साँघुरो हुन्छ ।
पार्टीको लोकतन्त्रको प्रश्न उठाउनुहुन्छ । दिशाहीन राजनीतिले दुर्घटना निम्त्याउन सक्ने सम्भावना पनि केलाउनुहुन्छ । आन्तरिक अतिवादी राजनीति र भूराजनीतिक संकट पनि देख्नुहुन्छ । हामी दुर्घटनाउन्मुख भएको देख्नुहुन्छ रु कांग्रेस नेतृत्वले यसमा गर्न सक्ने हस्तक्षेप के हुन्छ ?
भूराजनीतिक सम्बन्धलाई सम्हाल्ने कुरामा सबैभन्दा योग्य उम्मेदवार हो कांग्रेस । किनभने यहाँ कुनै अतिवादी सोच र चिन्तन छैन । यहाँ कुनै पनि किसिमको आग्रह छैन । अन्तर्राष्ट्रिय सम्बन्धको विषयलाई लिएर हाम्रो पार्टीभित्र खेल्ने अभ्यास पनि छैन । त्यसकारण कांग्रेस योग्य उम्मेदवार हो । कांग्रेसको नेतृत्व आत्मविश्वासी र भरोसायोग्य हुँदा यी विशेषता राष्ट्रिय विशेषता बन्छन् । कांग्रेसभित्र भएको सबल पक्ष नै राष्ट्रको सबल पक्ष बन्न पुग्छ । यसको लाभ सिंगो देशले पाउँछ । तर, कांग्रेस यसमा ‘डिफेन्सिभ’ भयो भने हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा भएको ‘नुआन्सेस’हरूलाई घरभित्रको राजनीतिमा प्रयोग गर्ने, पार्टीभित्र गुटमा प्रयोग गर्ने, चुनावी प्रतिस्पर्धामा प्रयोग गर्ने कुरा हाबी हुँदै जान्छ । त्यसकारण, नेपाली कांग्रेस कति बलियो भएर आउँछ भन्ने कुराको महŒवपूर्ण अर्थ रहन्छ ।
तपाईंको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नाम राख्दा उहाँको ‘समृद्ध नेपाल सुखी नेपाली’को नक्कल गरिएको आरोप पूर्वप्रधानमन्त्री केपी ओलीले लगाउनुभएको थियो । हुन त तपाईं दुईको ‘नोकझोक’ प्रतिनिधिसभामा पनि सुनिएकै हो । यो कुराचाहिँ के हो ?
मैंले ‘समुन्नत नेपालः सम्पन्न नेपाली’को अवधारणा २०७२ सालमा सम्पन्न कांग्रेस पार्टीको १३औँ महाधिवेशनमै दस्तावेजका रूपमा प्रस्तुत र प्रकाशित गरेको छु, जुन अवधारणा त्यही साल जारी भएको हाम्रो लोकतान्त्रिक संविधानले परिकल्पना गरेको व्यवस्थाको जगमा आधारित छ । २०७४ सालको संसदीय निर्वाचनमा त्यही अवधारणा अघि सारेर चुनाव लडेँ । तर, थप स्पष्ट पार्न बाँकी रहेकाले यसबीचमा अध्ययन–अनुसन्धान गरेपछि यसको सिद्धान्त सामाजिक लोकतन्त्र हो र त्यो किन हो भन्ने कुराको व्याख्यासहित कांग्रेसको सम्पूर्ण राजनीति अब समुन्नत नेपाल निर्माणका लागि समर्पित हुनुपर्छ र त्यसलाई कार्यान्वयन गर्न सक्ने, त्यसअनुसारको नीति र कार्यक्रम दिन सक्ने बन्नका लागि पार्टीको आमूल रूपान्तरण हुनुपर्छ भनेर यो १४औँ महाधिवेशनमा कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि प्रस्तुत गरेको हुँ । यसमा परिमार्जन र परिष्कारको खाँचो छ, तर अब हामीसँग पार्टीभित्र र बाहिर पनि छलफल गर्ने विचारको एउटा खाका छ ।
आफ्नो स्वभावजन्य बाध्यताका कारण पूर्वप्रधानमन्त्रीले सतही टिप्पणी गरिहाल्नुभयो । उहाँले २०७४ को चुनावपछि उठाएको समृद्धिको नारामा मलाई रुचि नभएको मात्र होइन, त्यस्तो समृद्धिले जनतालाई सुखी र खुसी बनाउँदैन भन्नेमा पनि म विश्वस्त छु । यही वैचारिक मान्यताका साथ नागरिकलाई स्वतन्त्र, सक्षम र सबल बनाई तिनको सामूहिक प्रयत्नबाट मुलुकमा सम्मुन्नतिको निर्माण गर्छ र नेपालीलाई सम्मानित गराउँछ भन्ने विश्वासका साथ १४औँ महाधिवेशनपछि सैद्धान्तिक रूपले पुनर्जागृत र रूपान्तरित नेपाली कांग्रेसले तत्कालको कार्यसूचीमा रहेको कामसँगै सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र समुन्नत नेपालको संकल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्ने आशा राखेको छु ।
शेरबहादुर देउवाको गुट बलियो छ भन्ने छ । पहिलो चरणमै खेल खतम भनिँदै छ । महामन्त्रीमा तपाईंले जित्ने सम्भावना कति छ ?
पार्टीभित्र जुनसुकै गुटमा रहे पनि महाधिवेशनलगत्तै कांग्रेस ठूलो चुनौतीको सामना गर्दै छ भन्ने चिन्ता भएका साथीहरू काफी हुनुहुन्छ । पार्टीमा नेतृत्व परिवर्तनको मुद्दा लिएर, पार्टीलाई नयाँ स्वरूप दिन्छु भनेर डा। शेखर कोइराला अगाडि आउनुभएको छ, त्यो नेतृत्वलाई महाधिवेशन प्रतिनिधि साथीहरूले विश्वास गर्नुहुन्छ भन्ने अपेक्षा राखेको छु । म अघिल्लोपटक पनि महामन्त्रीकै उम्मेदवार थिएँ । उत्तीर्ण हुन सकिनँ । पार्टीका साथीहरूले महामन्त्रीका रूपमा काम गरेर आफूलाई प्रमाणित गर्ने सल्लाह दिनुभएको भएरै म पुनश्च महामन्त्रीको उम्मेदवार बनेँ । यसअघि पार्टीले दिएको जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गरेको हुनाले पनि ट्र्याक रेकर्डका आधारमा साथीहरूले माया, विश्वास र समर्थन गर्नुहुन्छ भन्ने लागेको छ । जे निर्णय आउँछ त्यसलाई म सहर्ष स्वीकार गर्नेछु ।