मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर २२ बुधबार ०८:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई जनरल इन्स्योरेन्स र  पर्यटन बोर्डबीच सम्झौता

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २२ बुधबार ०८:१०:००

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका सिइओ युगेशभक्त बादे श्रेष्ठ र बोर्डका सिइओ धनञ्जय रेग्मीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि बोर्डका सम्पूर्ण कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बिमालगायत सम्पत्ति तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ ।

आइएमई जनरल इन्स्योरेन्सका सिइओ श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरूलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्वसुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।