१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनलाई कमजोर  बनाउने प्रयास हुँदै छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:४२:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्ति र प्रतिगमनविरुद्ध थप आक्रामक रूपमा लाग्नुपर्ने वेला आएको बताएका छन् । चितवनमा शनिबार नेपाल प्रेस सेन्टरको चौथो महाधिवेशनमा उनले देशमा अझै पनि खतरा कायम रहेको बताए ।

आफ्नो पार्टी समाजवादको बाटोतर्फ अघि बढेको बताउँदै प्रचण्डले निरंकुश, मण्डले प्रवृत्तिलाई शान्तिपूर्ण ढंगले परास्त गर्ने धारणा राखे । संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाका लागि पनि सत्तारुढ गठनबन्धन तत्काल नटुट्ने बताउँदै सम्पूर्ण कम्युनिस्ट पार्टी एक हुनुपर्नेमा जोड दिए । ‘अझै पनि नेकपा एकता हुनुपर्ने आवश्यक छ । तर, केही भिलेन छन् । उनीहरूबाहेक सम्पूर्ण कम्युनिस्ट एक हौँ,’ उनले भने । 

‘प्रतिगमनविरुद्ध एकपटक त युद्ध जितिसक्यौँ, तर प्रतिक्रान्तिकारी र प्रतिगमनकारी शक्तिहरू अहिले पनि सलबलाइरहेका छन्,’ प्रचण्डले भने, ‘गठबन्धनलाई कमजोर बनाउन सकिन्छ कि, भ्रम छर्न सकिन्छ कि, भएका उपलब्धि उल्टाउन सकिन्छ कि भनेर देश र जनताविरुद्ध षड्यन्त्र जारी छ । प्रतिक्रान्ति र प्रतिगमनविरुद्ध लाग्न नछाड्नुहोस् ।’ उनले पत्रकारिता क्षेत्र थप सक्रिय र ‘आक्रोशित’ बन्नुपर्ने बताउँदै कोही पनि अहिले आराम गरेर बस्ने वेला नआएको उल्लेख गरे । क्रान्ति र प्रतिक्रान्तिको निम्ति जनमत निर्णायक हुने भन्दै प्रचण्डले क्रान्तिकारी, प्रगतिशील र लोकतन्त्रवादीका निम्ति जनतामा रहेका सबै खाले भ्रम तोड्न जनचेतना दिनुपर्ने बताए । 

ad
ad