Skip This
गठबन्धन टुटाउन विभिन्न कोणबाट कसरत भइरहेका छन् : प्रचण्ड (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन टुटाउन विभिन्न कोणबाट कसरत भइरहेका छन् : प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १७:१२:oo

नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धन टुटाउन विभिन्न कोणबाट कसरत भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई चितवनमा सम्बाेधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भने, ‘अहिले पनि यो गठबन्धन टुटाउनलाई कहीँ केही गर्न सकिन्छ कि भनेर विभिन्न कोणबाट कसरत भइराखेका छन् । तर, मलाई के विश्वास छ भने, सबभन्दा ठूलो तागत भनेको जनताको तागत नै हो ।’ 

संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षा गरी तीन प्रमुख उद्देश्यमा समानता भएका कारण पाँचदलीय गठबन्धन सम्भव भएको बताउँदै यो गठबन्धन सफल हुने अध्यक्ष प्रचण्डको दाबी थियो । देशमा प्रतिगमन गर्न गत साल पनि अनेक षड्यन्त्र र सेटिङ भए पनि आफूहरूले त्यसलाई परास्त गरेर जनताको नयाँ सेटिङ स्थापित गरेको पनि उनले बताए।

ad
ad