Skip This
दोलखाको जुगु हत्यामा संलग्न दुई पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १६ बिहीबार १९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको जुगु हत्यामा संलग्न दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार १९:५१:oo

सुरक्षा गार्डको हत्या गरेको अभियोगमा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका– १ का २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्की रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनीहरूले दोलखा गौरीशंकर गापा–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थाका सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरेका थिए। सोही क्रममा उनीहरूले सहकारीको एक लाख २५ हजार सात सय रुपैयाँ लुटेर फरार भएका थिए। गत १० कात्तिकमा बेपत्ता खड्काको शव १२ कात्तिकमा जुगुस्थित जंगलमा डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो।