१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दोलखाको जुगु हत्यामा संलग्न दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:५१:oo

सुरक्षा गार्डको हत्या गरेको अभियोगमा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका– १ का २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्की रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनीहरूले दोलखा गौरीशंकर गापा–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थाका सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरेका थिए। सोही क्रममा उनीहरूले सहकारीको एक लाख २५ हजार सात सय रुपैयाँ लुटेर फरार भएका थिए। गत १० कात्तिकमा बेपत्ता खड्काको शव १२ कात्तिकमा जुगुस्थित जंगलमा डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो।

ad
ad