लागुऔषधसहित रौतहटबाट दुईजना पक्राउ

मंगलबार, १४ मंसिर, २०७८
डिजिटल संस्करण

लागुऔषधसहित मंगलबार रौतहटबाट दुईजना पक्राउ परेका छन्। जिल्लाको गौर नगरपालिका– १ टिकुलियाका २४ वर्षीय टिन्कुकुमार सिंह र सोही स्थानका १९ वर्षीय रोशनकुमार सहनीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ।

लागुऔषध बोकेको भन्दै गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले अनिल मिट हाउसभित्र खाजा खाँदै गरेको अवस्थामा दुवैजनालाई हिरासतमा लिएको हो। भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित नियन्त्रणमा लिइएका उनीहरूको साथबाट दुई सय पत्ता नाइट्राभेट बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार