मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर १४ मंगलबार १o:१६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गैरआवासीय नेपाली र विदेशीले एक वर्षमै मुद्दती रकम फिर्ता लैजान सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १o:१६:oo

 एनआरएन वा अन्य विदेशीले विदेशबाट बैंकिङ प्रणालीमार्फत नै बचत खाता खोल्न सक्नेछन् भने पैसा लैजाँदा पनि बैंकिङ प्रणालीबाटै लैजानुपर्नेछ

 पाँच हजार अमेरिकी डलरबराबर रकम भए बचत खाता खोल्न सकिने व्यवस्था

गैरआवासीय नेपाली तथा अन्य विदेशी नागरिकले अब मुद्दती खातामा राखेको रकम एक वर्षमै फिर्ता लैजान पाउने भएका छन् । यसअघि दुई वर्ष पुगेपछि मात्रै यस्तो सुविधा पाउने व्यवस्था थियो । सोमबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसरी मुद्दती खाता खोल्दा विदेशी नागरिकले पहिलेभन्दा थप दुई मुद्रामा खाता खोल्न सक्ने गरिएको छ । अब चिनियाँ युआन र जापानिज येनमा पनि खाता खोल्न सकिने भएको हो । यसअघि अमेरिकन डलर, क्यानेडियन डलर, युरो, पाउन्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा मात्रै खाता खोल्न पाइन्थ्यो ।

राष्ट्र बैंकले खाता खोल्न सक्ने रकमको सीमा पनि घटाएको छ । यसअघि न्यूनतम १० हजार अमेरिकी डलरबराबर रकम मात्र जम्मा गर्न सकिने व्यवस्था थियो । अहिले परिमार्जन गरेर पाँच हजार अमेरिकी डलरबराबर रकम भए बचत खाता खोल्न सकिने व्यवस्था गरिएको हो । एनआरएन वा अन्य विदेशीले विदेशबाट बैंकिङ प्रणालीमार्फत नै बचत खाता खोल्न सक्नेछन् भने पैसा लैजाँदा पनि बैंकिङ प्रणालीबाटै लैजानुपर्नेछ । ‘पैसा फिर्ता लैजान सकिने गरी खोलिने यस्तो मुद्दती खाता कोही विदेशी वा गैरआवासीय नेपालीले सम्बन्धित मुलुकबाट खाता खोलेर रकम पठाउनुपर्ने हुन्छ,’ राष्ट्र बैंकका विदेशी विनिमय विभागका निर्देशक गुरुप्रसाद पौडेलले भने, ‘यो खाता भने नपालमा पैसा ल्याएर भने खोल्न मिल्दैन ।’

अब गैरआवासीय नेपाली र उनीहरूले प्रवद्र्धन गरेको संस्थाले वाणिज्य बैंकमा बचत खातासमेत खोल्न सक्ने भएका छन् । यस्तो बचत खातामा रहने न्यूनतम मौज्दात, खाता खोल्न सकिने परिवत्र्य विदेशी मुद्रा र रकम जम्मा गर्ने तथा फिर्ता लैजानेलगायतको व्यवस्था पनि मुद्दती खातासरह नै गरिएको छ । यसअघिको व्यवस्थाले गैरआवासीय नेपाली र विदेशीहरू खाता खोल्न इच्छुक नभएपछि संशोधन गरिएको हो । 

राष्ट्र बैंकले आयात निरुत्साहित गर्न डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स र डकुमेन्ट अगेन्स्ट पेमेन्टको सीमा पुनरावलोकन गरेको छ । हालसम्म यस्तो सीमा एक लाख रुपैयाँ रहेकोमा यसलाई घटाएर ५० हजार बनाइएको छ । बैंकले आयातकर्ताबाट खरिद भएका वस्तुको मूल्य पाएपछि क्लियरेन्सका लागि दिने कागजपत्रलगायत नै डकुमेन्ट अगेन्स्ट पेमेन्ट तथा डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स हुन् ।

चाँदी आयातमा सीमा तोकियो

राष्ट्र बैंकले चाँदीको आयातमा भने कडाइ गरेको छ । यसअघि बैंकमार्फत वा व्यवसायी स्वयंले चाँदी आयात गर्दा सीमा तोकिएको थिएन । वाणिज्य बैंकबाट व्यवसायीले खरिद गर्दा भने मासिक एक किलो ग्रामसम्म खरिद गर्न सक्थे ।

अहिले भने राष्ट्र बैंकले प्रति पटक ३५ हजार अमेरिकी डलरबराबरको मात्रै चाँदी आयात गर्न सकिने गरी कोटा तोकिदिएको छ । व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशी संस्थाबाट नेपालमा ऋण ल्याउन सक्ने भएका छन् । यस्तो ऋण भित्र्याउन वाणिज्य बैंकले विदेशी मुद्राको बैंक ग्यारेन्टी तथा स्ट्यान्डबाई प्रतीतपत्र जारी गरिदिन सक्ने भएका हुन् ।