Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार ०८:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोनाको जोखिम कायमै रहेका वेला डा. बास्तोला टेकु अस्पतालबाट सरुवा

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार ०८:१६:००

अफ्रिकाबाट उदाएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले नेपालमा कोरोनाको तेस्रो लहरको जोखिम बढाएको वेला सरकारले देशकै एक मात्र ट्रपिकल मेडिसिनविज्ञ डा. अनुप बास्तोलालाई कार्यक्षेत्रबाहिर सरुवा गरेको छ । टेकुस्थित सहिद शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक बास्तोलालाई स्वास्थ्यमन्त्री विरोध खतिवडाको निर्देशनमा सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको हो । उनको ठाउँमा डा. मनीषा रावललाई ल्याइएको छ । 

स्वास्थ्यमन्त्री विरोध खतिवडाको प्रश्न-प्रसूतिगृहको प्रमुख हटाउँदा टेकुको किन नमिल्ने ?

कुनै पनि सरकारी अस्पतालको नेतृत्व परिवर्तन गर्ने अधिकार स्वास्थ्यमन्त्रीलाई हुन्छ । व्यक्तिको विषयमा मलाई जानु छैन । मैले प्रसूतिगृहको निर्देशकको पनि सरुवा गरेको छु । प्रसूतिको प्रमुख हटाउँदा टेकुको हटाउन किन नमिल्ने ? एकै ठाउँमा धेरै समयसम्म काम गरेका १२–१४ जना कर्मचारी सरुवा गरेको छु । केही कमजोरी भएको भए सच्याउँछु । 

देशभर २७ हजार स्वास्थ्यकर्मीको दरबन्दीमध्ये ट्रपिकल मेडिसिनविज्ञको एक मात्र दरबन्दी टेकु अस्पतालमा छ । बास्तोला उक्त दरबन्दीका लागि विज्ञता पुग्ने देशमै एक्ला स्वास्थ्यकर्मी हुन् । सार्क क्षयरोग केन्द्र पब्लिक हेल्थको क्षेत्र भएकाले बास्तोलालाई त्यहाँ पठाउनु कारबाहीसरह भएको बताउँछन् टेकु अस्पतालकै पूर्वनिर्देशक डा. सागर राजभण्डारी । 

‘डा. अनुप ट्रपिकल मेडिसिन विशेषज्ञ हुन् । सार्क क्षयरोग केन्द्र पब्लिक हेल्थको क्षेत्र भएकाले उनलाई त्यहाँ पठाउनु कारबाही गर्नुजस्तै हो,’ राजभण्डारीले नयाँ पत्रिकासँग भने, ‘यो अवस्थामा उनलाई जिम्मेवारीबाट हटाउनै हुँदैनथ्यो । निर्देशकबाट हटाए पनि दोस्रो जिम्मेवारी दिएर टेकु अस्पतालमै राख्नुपथ्र्यो ।’ 

विश्व स्वास्थ्य संगठनको मनोनयनमा डा. बास्तोलाले अमेरिकाबाट १० महिने ट्रपिकल मेडिसिनमा डिग्री गरेका हुन् । यो विषय पढेका चिकित्सकको आवश्यकता महामारी र सरुवारोगको क्षेत्रमा अपरिहार्य हुन्छ । अघिल्लो सरकारले कोरोना महामारीको समयमा बास्तोलाको विज्ञतालाई सदुपयोग गरेको थियो ।

नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गर्ने चिकित्सक बास्तोला नै हुन् । ६ माघ ०७६ मा चीनबाट आएका एक विद्यार्थीमा कोरोना पुष्टि हुँदा उनैले हेरेका थिए । एघारौँ तहका उनलाई सरकारले १४ असार ०७८ मा टेकु अस्पतालको निर्देशकको जिम्मेवारी दिएको थियो । महामारी उत्कर्षमा पुग्दा क्षमताभन्दा बढी कोरोनाका बिरामीको भिड लाग्दा पनि बास्तोलाको नेतृत्वमा टेकु अस्पतालले उपचारको सहज व्यवस्थापन गरेको थियो ।