मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Thursday, 13 August, 2026
२o७८ मङ्सिर १३ सोमबार २३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : मतदान राति २ बजेबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार २३:४८:oo

नेकपा एमालेको दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान राति २ बजेपछि मात्रै सुरु हुने भएको छ। तालिका संशोधन गर्दै मतदान २ बजेलाई सारेको निर्वाचन समितिले जनाएको छ। 

निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशनसमेत गरेको छ।

अन्तिम नामावली तयार विद्युतीय भोटिङ मेसिन (इभिएम)को प्रणालीमा अपडेट गरिनेछ। त्यसपछि मतदान सुरु हुनेछ।

अध्यक्षमा केपी ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सातजनाले उम्मेदवारी दिएका छन्। सचिवमा सातजनाको पदमा नौजनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यहरू चयनका लागि चुनाव हुनेछ।