१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त, यसरी माग्दै छन् भोट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:२o:oo

नेकपा एमालेको दशौँ महाधिवेशनमा सहमति हुन नसकेका पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले प्रचारलाई तीव्रता दिएका छन्। चितवनको सौराहामा जारी महाधिवेशनमा आइतबार मध्यरातमा अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गरे पनि त्यो हुबहु पारित हुन सकेको छैन। ओलीलाई नै अध्यक्षमा भीम रावलले चुनौती दिएका छन्।

यस्तै उपाध्यक्षमा सात र सचिवमा नाैजनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारहरूले मतदानस्थल वरपर आफ्ना समर्थकमार्फत प्रचार गरिरहेका छन्। उनीहरूले सामाजिक सञ्जालबाट समेत भोट मागेका छन्। यस्तै महाधिवेशन प्रतिनिधिहरूलाई टेलिफोन र म्यासेज गरेरसमेत उनीहरू प्रचारप्रसारमा जुटेका छन्। खुला केन्द्रीय सदस्य र भूगोलमा समेत निर्वचन हुने भएपछि नेताहरू आफ्नो लबिङमा लागेका छन्।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र घनश्याम भुसालले उम्मेदवारी दर्ता गरेका छन्। सचिवमा टोपबहादुर रायमाझी, भीम आचार्य, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल र टंक कार्कीको उम्मेदवारी परेको छ। आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुँदै छ।

ओलीले मध्यरातमा तीन सय एक केन्द्रीय सदस्यको नाम हलमा पढेर सुनाएका थिए। दोस्रो चरणमा पदाधिकारीको नाम हलमा पेस गरेका थिए। हलबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम बहुमतबाट अनुमोदन भए पनि उनको प्रस्तावलाई नेताहरूले चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका हुन्। पदाधिकारीमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको नाम ओलीले सुनाएका थिए। पूर्वमाओवादीबाट पदाधिकारीमा तीन नेता समेटिएका छन्।

ओलीले महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई ल्याएका छन्। सात सदस्यीय सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सुनाएका थिए।  ओलीले लालबाबु पण्डितको नाम केन्द्रीय सदस्यमा राखे पनि उनले अस्वीकार गरेका छन्। उनले आफू साधारण सदस्य मात्र रहने घोषणा गरेका छन्। पण्डित सचिवका आकांक्षी थिए।


 

ad
ad