१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
इसाबेले डिफोर्नी
२o८१ बैशाख ३१ सोमबार १o:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण

डब्लुएचओको ‘समान नीति’ अनुपयुक्त

Read Time : > 2 मिनेट
इसाबेले डिफोर्नी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:५४:oo

हामी कोभिड–१९ महामारीको नयाँ चरणमा प्रवेश गर्दै छौँ भन्न सक्छौँ । बेलायतजस्ता भाइरसबाट नराम्ररी प्रभावित भएका धेरै मुलुकले स्वास्थ्य प्रणालीमा हुने प्रतिकूल असरबाट बच्न जोखिममा रहेका बिरामी र स्वास्थ्य कर्मचारीलाई पर्याप्त खोप लगाएका छन्, यद्यपि भाइरस व्यापक रूपमा फैलिरहेको छ । एक महिनामा एक अर्बभन्दा बढी खोप बनाइएका छन्, जुन सिद्धान्ततः सबैका लागि पर्याप्त हुनुपर्छ ।

तथापि खोपको वितरण समस्याजनक छ । स्वास्थ्यकर्मी, उमेर वा रोगको जोखिममा रहनेहरूमा खोपको सहज पहुँच छैन । राष्ट्र संघले प्रस्ताव गरेको समाधान जहाँ ‘यस वर्षको अन्त्यसम्म सबै मुलुकका ४० प्रतिशत मानिसलाई खोप लगाउने र सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशतलाई खोप लगाउने’ भन्ने आह्वान एकदमै एकांकी छ । स्थानीय महामारीजन्य एवं राजनीतिक अवस्थालाई बेवास्ता गर्ने ‘सबैलाई एकै समाधान’को नीति भ्रामक छ र सबैभन्दा आवश्यक ठाउँमा खोप पुर्‍याउनुपर्ने प्रयास नै उपेक्षामा पर्ने खतरा छ ।  हामीले  स्थानीय रूपमा अनुकूलित/विकसित दृष्टिकोणमा ध्यान पुर्‍याउन आवश्यक छ । यी दृष्टिकोणले प्रत्येक प्रकोपको अद्वितीय विशेषता र प्रकोपले निम्त्याएको जोखिममा परेका मानिसलाई संलग्न गराएको हुन्छ । खोप मात्रै नभई अन्य संयन्त्रमा पनि पूर्णरूपले यी दृष्टिकोण वा उपायले पहुँच पाउनुपर्छ ।

‘सीमाविहीन डाक्टरहरू’ (एमएसएफ) आफ्ना कार्यक्षेत्र रहेका ८० मुलुकमा कुनै न कुनै रूपमा कोभिड–१९ सम्बन्धी काममा सक्रिय छन् । हाललाई केही मुलुक, जहाँ हामीले बिरामीको सफल उपचार र खोपमा काम गरेका छौँ, त्यहाँ कोभिड–१९ सम्बन्धी काम रोकिरहेका छौँ । अर्थात् फ्रान्समा खोपको विस्तार अहिले उच्च छ वा पेरुका अधिकारी मुलुकमा जारी प्रकोपका बाबजुद रोगको उपचार, नियन्त्रण र व्यवस्थापन गर्न सक्षम छन् । केही मुलुकमा हामीले वास्तवमा काम सुरु नै गरेका छैनौँ, उदाहरण नाइजरमा किनभने यो मुलुकले भाइरसका गम्भीर घटनाहरू धेरै कम भोगिरहेको छ ।

हामीले काम गरिरहेका केही क्षेत्रमा अझै पनि कोभिड–१९को लहरको निरन्तरता देखिरहेका छौँ, जहाँ रोगको गम्भीरता, खोपको न्यून उपलब्धता र प्रकोप व्यवस्थापन गर्न न्यून स्थानीय क्षमता छन् । अफगानिस्तान, इराक र यमनलगायत एसिया र मध्यपूर्वका केही भागमा उल्लिखित समस्या देख्न सकिन्छ । यी क्षेत्र गम्भीर रूपमा प्रभावित छन् र यहाँ हामी रोगका गम्भीर रूप विकास गरेका बिरामीको उपचार जारी राख्छौँ । यी मुलुकमा स्वास्थ्य सेवा प्रणाली गम्भीर रूपमा खस्किएका कारण समयमै उचित हेरचाह पुर्‍याउन नसक्दा वा नपुर्‍याउँदा हुने कठिनाइका कारण धेरैले ज्यान गुमाइरहेका छन् । 

राष्ट्र संघले प्रस्ताव गरेको समाधान जहाँ ‘यस वर्षको अन्त्यसम्म सबै मुलुकका ४० प्रतिशत मानिसलाई खोप लगाउने र सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशतलाई खोप लगाउने’ भन्ने आह्वान एकदमै एकांकी छ

यी मुलुकमा क्रियाशील स्वास्थ्य सेवा प्रणालीको अभाव, द्वन्द्वसँग जोडिएको असुरक्षा, जनसंख्याको एक हिस्साले खोप अस्वीकार गर्ने कारण आदिले गर्दा हामीले खोप आपूर्तिको समस्यालाई समाधान गर्‍यौँ भने पनि उच्चस्तरको खोप विस्तार गर्न गाह्रो हुने देखिन्छ । यी चुनौतीकै कारणले गर्दा हाम्रा प्रयासलाई यी मुलुकमा केन्द्रित गर्छौं र राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य अन्तर्राष्ट्रिय संस्थाले समग्रतालाई समेट्ने गरी पहल गर्न आवश्यक छ ।

यसको अर्थ हो, अतिरिक्त खोप भएका धनी मुलुकले खोपको म्याद सकिने मिति नजिक नभएका खोपको ठूला र अनुमानित अनुदानका तालिका सुनिश्चित गर्नु । स्थायी खोप केन्द्रहरू निर्माण गरी खोप पूर्वाधारमा लगानी गरेर र कर्मचारीको तालिम एवं तलबमा लगानी गर्नु हो । संक्रमण भए–नभएको तुरुन्तै थाहा पाउन परीक्षणको बृहत् विस्तारका लागि लगानी गर्नु हो । हाल बजारमा आउने नयाँ एन्टिभाइरल उपचार किफायती मूल्यमा सहज रूपमा उपलब्ध छन् भनेर सुनिश्चित गराउनु हो । अन्त्यमा भाइरसको गम्भीर असर भोग्ने व्यक्तिका लागि अक्सिजन थेरापीको व्यापक उपलब्धता र अक्सिजन उपचारको व्यवस्थापन गर्ने मेडिकल स्टाफको तलब  व्यवस्थापन गर्नु हो ।    

यी समाधान प्याकेजलाई एक ठाउँमा ल्याउने अप्ठ्यारोका कारण समान विश्वव्यापी खोप नीतिले थुप्रै स्रोत एवं प्रयासलाई निरर्थक बनाइरहेको छ । निःसन्देह खोप चाहने सबै व्यक्तिलाई खोपको पहुँच हुनुपर्छ, तर सबै मुलुकमा खोपको उपलब्धता सुनिश्चित गर्ने र ती सबै मुलुकमा सामूहिक अभियान सञ्चालन गर्नेमा भने ठूलो भिन्नता छ । तुलनात्मक रूपमा महामारीले नछोएका मुलुकमा समय र स्रोतसाधन खर्च गर्नु भनेको कोभिड–१९ महामारी एवं अन्य स्वास्थ्य समस्याले गाँजेको मुलुकमा जोखिम निम्त्याउनु हो ।   

कोभिड–१९ विरुद्धका खोपको विकास चिकित्सा इतिहासमा सबैभन्दा छिटो भएको हो, तर हामीले यी खोपबाट के हासिल गर्न सक्छौँ भन्नेबारे स्पष्ट हुन आवश्यक छ । अर्थात् यी खोप गम्भीर रोग र मृत्युबाट जोगाउने कोणबाट उत्कृष्ट छन्, तर संक्रमण रोक्नमा निकै कमजोर छन् । हाल उपलब्ध भएका खोपले यो रोग उन्मूलन गर्ने देखिँदैन । त्यसकारण हामीले विश्वव्यापी उन्मूलनको पूरा नहुने लक्ष्य पछ्याउनुको सट्टा भाइरसबाट सबैभन्दा बढी प्रभावित ठाउँमा वा गम्भीर रूपमा बिरामी हुने वा मर्ने जोखिममा रहेका मानिसलाई खोप उपलब्ध गराउनतर्फ ध्यान केन्द्रित गर्न आवश्यक देखिन्छ ।

धेरैभन्दा धेरै जीवन जोगाउन हासिल गर्न नसकिने लक्ष्यको खोक्रो नाराको सट्टा चुस्त एवं स्थानीय रूपमा अनुकूलित उपाय अवलम्बन गरिनुपर्छ । यसरी मात्र हामी विश्वभर महामारीको असमान प्रगतिलाई, विविध स्थानमा विभिन्न व्यक्तिले अनुभव गरेका असंख्य प्रकोप र असमानताका कारण विपन्न मुलुकमा आफ्ना नागरिकलाई जोगाउनमा आउने समस्याको सम्बोधन गर्नेछौँ ।
अल जजिराबाट 

ad
ad