१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १२ आइतबार १४:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीलाई विधि र नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १२ आइतबार १४:४६:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधि र नियमले चलाउनका लागि नेतृत्व परिवर्तन हुनैपर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको १४औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

नेतृत्व कमजोर भएकाले नै गत चुनावमा नेपाली कांग्रेस एक सय ६५ सिटमध्ये २३ सिटमा खुम्चिएको भन्दै नेता सिंहले पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरेहको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी गरेको संविधानलाई संस्थागत गर्न मत माग्न जाँदा भोट हामीलाई आउनुपर्नेमा नआएका कारणले गर्दा नेतृत्वमा कमजोर छ भन्ने कुरा प्रमाणित हुन्छ । नेतृत्वको परिवर्तन आवश्यक छ । नेतृत्व परिवर्तनमा साथ छ कि छैन भन्ने कुरा काठमाडौं जिल्लाको अधिवेशनको मत परिणामबाट थाहा हुन्छ । बेथितिबाट पार्टीलाई विधि, नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ ।’