१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीका १० स्थानीय तहमा माओवादी केन्द्रकाे अधिवेशन सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२o:oo

माओवादी केन्द्रले गुल्मी जिल्लाका १० स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर कार्कीका अनुसार मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रेमबहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द्रा थापा रहेको कार्कीले जानकारी दिए । सचिवमा युवराज खरेल, सहसचिवमा प्रकाश चालीसे र कोषाध्यक्षमा दीपक खराल रहेका छन् । 

त्यस्तै, रेसुंगा नगरपालिकामा गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा सीता विक, ठाकुर पाण्डेय, गिरीप्रसाद महाकिम र सचिवमा भरत पन्थी, सहसचिवमा गोपाल मरासिनी र कोषाध्यक्षमा खड्ग श्रेष्ठ रहेका छन् । 

यसैगरी, गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा शेरबहादुर सरतुङ्गी, झकबहादुर विक र यमबहादुर पाण्डेय रहेका छन् । सचिवमा राजन रेश्मी,
सहसचिवमा कमलप्रसाद कँडेल र कोषाध्यक्ष शीला सरतुङ्गी रहेकी छिन् । कमिटीले ६ सदस्य मनोनयन गर्नेछ ।

यसैगरी, छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । ६ सदस्य पछि मनोनीत हुनेछन् । कमिटीको उपाध्यक्ष रामचन्द्र कँडेल, रामप्रसाद पाण्डेय र तारापति ज्ञवाली रहेका छन् । त्यस्तै, सचिवमा सरोज पाण्डेय, सहसचिव भागवत गिरी र कोषाध्याक्ष इन्दिरा पाण्डेय रहेका छन् । 

सत्यवती गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्य रहेको गाउँकमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा जितु तरामु मगर, टोपला थापा मगर र नारायण श्रेष्ठ सचिवमा यमबहादुर तरामु मगर, सहसचिव चिरन्जीवी भुसाल र कोषाध्यक्षमा हुमी सिंजाली मगर रहेकी छिन् । कमिटीले ६ सदस्य मनोनयन गर्नेछ । 

इस्मामा वसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी विस्तार गरिएको छ । कमिटीको उपाध्यक्षमा ज्ञानबहादुर विष्ट, नारायण पराजुली र जगत खत्री सचिवमा राहुल बिसीलगायत रहेका छन् । रुरु क्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्षमा हरि ज्ञवाली, तुलसा बराल फर्सु पौडेल, सचिवमा नारायण पौड्याल र कोषाध्यक्ष अशोक श्रेष्ठ रहेका छन् । 

कालिगण्डकी गाउँपालिकामा लीलबहादुर केसी अध्क्षतामा ५३ सदस्य नयाँ कमिटी गठन भएको छ । उपाध्यक्षमा चित्रबहादुर थापा, मोहनीलाल भट्टराई र बलमानसिंह गाहा रहेका छन् । सचिवमा बिबी सुब्बा, सहसचिवमा फटिक सुनार र कोषाध्यक्षमा मञ्जु दर्लामी रहेको माओवादी केन्द्र गुल्मीको जिल्ला सचिवालय सदस्य तेजेन्द्र सलामीले जानकारी दिए ।

मालिका गाउँपालिकामा देवीराम अर्यालको नेतृत्वमा नयाँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा तेजबहादुर सुनार, सूर्य बुढा र प्रेम भट्टराई, सचिवमा सूर्यबहादुर जिसी, सहसचिवमा महेन्द्र विक र कोषाध्यक्षमा दीपा गिरी महतरा रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । 

त्यस्तै, मदाने गाउँपालिकामा बेगम चन्द बोहोराको नेतृत्वमा गाउँ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा अग्निधर चन्द, प्रेम कुँवर, भविन्द्र घर्ती सचिवमा खिम केसी, सहसचिवमा गोपाल भट्टराई र कोषाध्यक्षमा कमला भट्टराई चयन भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य जिसीले बताए । उनका अनुसार मंसिर १२ गते चन्द्रकोट गाउँपालिकाको अधिवेशन आयोजना गरिएको छ । भने मंसिर १३ गते धुर्कोट गाउँ कमिटीको अधिवेशन उद्घाटन गर्न लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कुलप्रसाद केसी आउने कार्यक्रम रहेको छ । 

 

 

ad
ad