१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाले पायो आइएसओ २७००१:२०१३ प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:१३:oo

एनआइसी एसिया बैंकले आइएसओ २७००१ः२०१३ (इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आइएसओ)बाट प्रमाणपत्र प्राप्त गरेको हो ।

आइएसओ २७००१ मापदण्डको आवश्यकताअनुसार बैंकले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरूको सुरक्षणको सुनिश्चितता देखाएबापत प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रूपमा ग्राहकको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने जनाएको छ । हाल बैंकले देशभर तीन सय ५८ शाखा, चार सय ७३ एटिएम, ६८ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad