१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Sunday, 06 July, 2025
२o७८ मङ्सिर ९ बिहीबार ११:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्ला विमानस्थलमा जे देख्यौँ (भिडियोसहित)

हुम्लाका नागरिकलाई जहाज टिकटमा कहिलेसम्म सास्ति ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार ११:५८:oo

भिडियोमा देखिएको यो दृश्य कुनै जात्रा वा रमाइलोकाे होइन। नेपालगन्ज झर्नका लागि एकाबिहानै सिमकोट विमानस्थलमा लाइन बसेका हुम्लेली जनताको भिड हो यो । तारा एयरलाइन्सको जहाज टिकट पाउनका लागि हुम्लाका नागरिकहरू हानथाप गर्न बाध्य छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकले जहाज टिकटका लागि दैनिक यस्तै सास्ती भोगिरहेका छन् । सीता एयरको जहाजले सेड्युल फ्लाइट नगरेपछि हुम्लाका नागरिकको सास्ती दिनप्रतिदिन बढ्दो छ। 

तर, यो सास्ती सर्वसाधारणका लागि मात्रै हो । पहुँचवालाले सहजै जहाज टिकट पाउने गरेका छन्।  तर, निमुखालाई भने अत्यन्तै जरुरी काम पर्दा पनि टिकटका लागि निकै सास्ती भोग्नुपर्ने गरेको छ। बिहीबार बिहान सबेरै   विमानस्थल पुग्दा तारा एयरलाइन्सको कार्यालयमा नागरिक टिकटका लागि लाइननमा थिए। तारा एयरलाइन्सका कर्मचारीहरूले एक फ्लाइट उडान गरेर कार्यालयभित्रै छिरेपछि ढोका बन्द गरे। किनकि जहाज टिकटका लागि लाइन बसेकाहरू सबै कार्यालयभित्र छिर्दा भिड थाम्न मुस्किल थियो। भित्रैबाट जम्मा नाैवटा टिकट तारा एयरलाइन्सबाट एकजनालाई दिएर बाहिर पठाएपछि सबै नागरिकको ध्यान त्यहाँ केन्द्रित थियो।  सयौँको संख्यामा रहेका नागरिक उनलाई तँछाडमछाड गर्दै उनीतर्फ जान खोजेपछि लाइन अव्यवस्थित हुन पुग्यो। 

दैनिक विमानस्थल धाउँदाधाउँदै पनि जहाज टिकट नपाएको चंखेली गाउँपालिकाका वसन्त शाहीले दुःखेसो गरे। टिकटका लागि होटेल बस्दाबस्दै १० हजार खर्च भएको उनले बताए। काठमाडौंमा इमर्जेन्सी काम भएकाे जहाज टिकट नपाउँदा सिमकोटमै रोकिनुपरेको उनको गुनासो छ । पाँच दिनसम्म नियमित रूपमा विमानस्थल धाउँदा पनि टिकटको टुंगो नलागेको अर्का स्थानीय कृष्ण शाहीले दुःखेसो पोखे । 

निजी एयरलाइन्स कम्पनीका एयरलाइन्स तारा एयर र समिट एयरलाइन्सले नियमित उडान गरिरहेको सिमकोट विमानस्थल प्रमुख मोहन गिरीले जानकारी दिए। दैनिक ५–६ वटा उडान हुने भए पनि सीता एयरले उडान नगर्दा समस्या भएको प्रमुख गिरीले बताए। मौसम खराब हुँदा उडान ढिलो हुने गरेको उनको भनाइ छ। पहिले धेरै उडान हुँदा ६० देखि ७० वटा उडान हुने गरेको गिरीले बताए।

भिडियाेमा हेर्नुहाेस् हुम्लाका नागिरककाे सास्ती