१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Friday, 04 July, 2025
२o७८ मङ्सिर ८ बुधबार o६:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सप्तरी उद्योग वाणिज्य संघमा अग्रवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार o६:५o:oo

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । संघको निर्वाचनमा एक सदस्यबाहेक अग्रवाल प्यानलका सम्पूर्ण पदाधिकारी निर्वाचित भएका हुन् । उनले अध्यक्षका उम्मेदवार शंकरकुमार दासलाई चार सय १९ मतअन्तरले पराजित गरेका छन् । अग्रवालले सात सय ४६ र दासले दुई सय ३७ मत प्राप्त गरेका थिए । 

यस्तै, उद्योग उपाध्यक्षमा दुर्गानन्दप्रसाद साह, वाणिज्य उपाध्यक्षमा रमेशकुमार साह, महासचिवमा अमृतकुमार सञ्चेती, सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा र सहकोषाध्यक्षमा निर्मलकुमार मुन्दरा निर्वाचित भएका छन् । सदस्यमा सन्तोषकुमार सिन्हा, महिला सदस्य अम्बिकाकुमारी दाहाल, कमलप्रसाद साह, दिलीपप्रसाद गुप्तालगायत निर्वाचित भएका छन् ।