१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस
२o८१ बैशाख ३० आइतबार १२:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इलामबाट पहिलोपटक सवारीचालक अनुमतिपत्र

Read Time : < 1 मिनेट
२o८१ बैशाख ३० आइतबार १२:५४:oo

०७१ मंसिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भए पनि पहिलोपटक सवारीचालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ। 

फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारीचालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीनपटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए।  

गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिएको छ। हाललाई मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, एक्स्काभेटर, ट्याक्टर, व्याकहुँ र लोडरको लाइसेन्स वितरण हुने गरी कोटा प्राप्त भएको पनि उनले बताए। 

०७१ मंसिरबाट सञ्चालनमा आएको कार्यालयले सवारीचालक अनुमतिपत्र वितरण थालेपछि सेवाग्राही उत्साहित भएका छन्। यसअघि सवारी लाइसेन्स लिन महिनौँ कुर्नुपर्ने पूर्वीपहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ। इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन्। 

यसअघि उनीहरू झापाको बिर्तामोड र सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए। कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

ad
ad