१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख ३० आइतबार १३:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस अधिवेशन : कञ्चनपुर प्रदेश निर्वाचन क्षेत्रमा साउद पक्षको वर्चस्व

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:३४:oo

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार कञ्चनपुरमा सम्पन्न भएका प्रादेशिक निर्वाचन क्षेत्रमा एनपी साउद पक्षको बाहुल्य रहेको छ। साउद प्यानलले दुईमा पूर्णसहित चार प्रादेशिक निर्वाचन क्षेत्रमा पकड बनाएको छ।

कांग्रेस केन्द्रीय सदस्य साउद पक्षले निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) दुवैमा एकलौटी जितेको छ। एनपी पक्षकै नेता २(क) मा झकर खड्का(पुरन) र (ख)मा करनसिंह ऐर नेतृत्वमा प्रादेशिक निर्वाचन क्षेत्रीय प्यानल निर्वाचित भएका हुन्।

रमेश लेखक पक्षबाट क्षेत्र नम्बर २ (क) मा गणेश पाण्डे र (ख) मा भुवनराज पाण्डेको प्यानललाई हराउँदै साउदको प्यानल निर्वाचित भएको हो। क्षेत्र नम्बर १(क) र (ख)मा पनि साउद र दिवान विष्टको संयुक्त प्यानलले लेखक प्यानललाई हराउँदै वर्चस्व जमाएको छ। क्षेत्र १ (क)मा मानबहादुर रोकाया र १ (ख)मा चेतनकुमार राई नेतृत्वको प्यानलले लेखक प्यानलका (क) पदम देउवा र (ख) सुरेन्द्र अर्जुन सिंहलाई हराउँदै १ को (क) र (ख) दुवैमा वर्चस्व जमाएको छ। क्षेत्र नम्बर ३ मा भने लेखक पक्षले एकलौटी दुवै प्रादेशिक निर्वाचन क्षेत्रमा वर्चस्व जमाएको छ।

३ (क)मा पदमराज अवस्थी र (ख)मा पुष्करराज जोशीले साउद–विष्ट प्यानलका (क) महेश चन्द र (ख) मोहन विष्टलाई हराउँदै लेखक पक्षले आफ्नो क्षेत्र सुरक्षित बनाएको छ। साउद पक्षीय कांग्रेस कञ्चनपुरका युवा नेता शिरोमणि कुमार ओझा (सूर्य)ले साउद विद्यार्थीकालदेखि नै पार्टीमा होमिएको लोकप्रियताका कारण पार्टीमा वर्चस्व कायम राख्न सफल भएको बताए। ‘अहिले पार्टीको चुनाव हो,’ उनले भने, ‘यसमा नयाँ कार्यसमिति चयनका लागि मात्रै पक्षबाट चुनावमा होमिएका हुन्। जितेका सबैले लोकतान्त्रिक विधि प्रकृयाअनुरूप जनताको काम गर्नुपर्छ।’ 

लेखक पक्षीय नेता लालबहादुर शाहीले लेखकले आफ्नो निर्वाचन क्षेत्र पूरै सुरक्षित बनाएको बताए। ‘पार्टीमा यो पक्ष, ऊ पक्षभन्दा पनि सबै कांग्रेस हुन्,’ उनले भने, ‘हामीले कांग्रेस भएर पार्टी र जनताको काम गर्नुपर्छ।’

ad
ad