१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एमाले गैरकम्युनिस्ट आचरण भएकाहरूको पार्टी हो : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:५९:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले गैरकम्युनिस्ट आचरण भएका व्यक्तिहरूको पार्टी बनेको बताएका छन् । बिहीबार धनगढीमा पार्टीको प्रदेश कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले राम्रा, सुसंस्कृत, कम्युनिस्ट आचरण बोकेका र कम्युनिस्ट सिद्धान्तबाट उत्प्रेरित मान्छेहरू एमालेमा नरहेको बताए । 

कम्युनिस्ट आन्दोलन र आदर्शप्रति समर्पितहरू एकीकृत समाजवादीमा आइसकेका उनको दाबी थियो । ‘एमाले राम्रा, सुसंस्कृत, कम्युनिस्ट आदर्शबाट उत्प्रेरित होइन, गैरकम्युनिस्ट आचरण अँगाल्नेको पार्टी बन्दै छ,’ नेपालले भने, ‘समाजवादी पार्टी कम्युनिस्ट आदर्शप्रति समर्पितको पार्टी बन्दै छ ।’

धनगढीमै बिहीबार पार्टीका प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको उद्घाटनमा अध्यक्ष नेपालले ओलीमा सैद्धान्तिक विचलन आएकाले आफूहरूले विद्रोह गरेको बताए । ‘केपी ओलीमा घमन्ड बढ्यो, सैद्धान्तिक विचलन आएपछि आफू बलियो हुन दक्षिणपन्थी धारमा लाग्नुभयो । उहाँमा घमन्ड बढ्दै गयो । त्यस्तो अवस्थामा हामीसँग लम्पसार पर्ने वा विद्रोह गर्ने विकल्प थियो । हामीले विद्रोह रोज्यौँ,’ उनले भने । 

कार्यालय उद्घाटनपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताए ।

ad
ad