Skip This
जहाज टिकटकै कारण परीक्षा छुट्ने त्रासमा हुम्लाका विद्यार्थी 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Monday, 10 August, 2026
२o७८ कार्तिक २६ शुक्रबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जहाज टिकटकै कारण परीक्षा छुट्ने त्रासमा हुम्लाका विद्यार्थी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार १८:१o:oo

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाे हुम्लामा सर्वसाधारण नागरिकलाई जहाज टिकट पाउन सँधै सास्ती हुने गरेको छ। दसैँ, तिहार मनाउन घर आएका विद्यार्थीहरू जहाजको टिकट नपाएपछि समस्यामा परेका छन्। उनीहरूले जहाज टिकटकै कारण आफ्नो पढाइ छुटेको गुनासो गरेका छन्। 

दुई सातादेखि जहाज टिकट नपाएपछि मंसिर १ गते हुने परीक्षा छुट्ने भन्दै खार्पुनाथ– १ का विष्णु रावल छट्पटाइरहेका छन्। उनको हातमा जिल्ला प्रशासन कार्यालयकाे सिफारिस र क्याम्पसको परीक्षा रूटिङ छ। सिफारिस र क्याम्पसको परीक्षा रूटिङसहित विमानस्थल धाउँदा पनि टिकट नपाएको उनले दुखेसो गरे।

‘मेरो परीक्षा छुटेपछि जे पनि गर्न बाध्य हुनेछु,’ उनले आक्रोश पोखे। टिकट भित्रभित्रै वितरण हुन्छ। बिहान ४ बजे लाइनमा बस्दा पनि टिकट नपाएको रावलले बताए। जहाजको भाडा होटेलमै बस्दा  र खाँदा सकिएको उनको गुनासो छ।  

 सिमकोट गाउँपालिका– ७ का जसबहादुर शाहीले छोरालाई नेपालगन्ज पठाउनको लागि जहाज टिकट कुरेको पाँच दिन भएको बताए। ‘टिकट भित्रभित्रै वितरण हुँदो रहेछ, हामी सर्वसाधारणले थाहै हुँदैन,’ शाहीले भने। 

 समिट र तारा एयरलाइन्सले आफन्तलाई भित्रभित्रै टिकट बाँड्ने गरेको शाहीको गुनासो छ। सीता एयरमा टेक्निकल समस्या भएपछि जहाज टिकटमा हाहाकार भएको यात्रुहरूको दुखेसो छ। उडान कम भएसँगै सयौँकाे संख्यामा विद्यार्थी सिमकोट विमानस्थलमै अलपत्र परेका छन्। निजी क्षेत्रका एयरलाइन्सले मनपरी उडान र आफूखुसी फ्लाइट गरेपछि हुम्ली नागरिक वर्षौँदेखि सिकार बन्न बाध्य छन्।