१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सबा सत्तार
२o८१ जेठ १ मंगलबार o८:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नास्तिकले सूत्रपात गरेको ‘हिन्दू राष्ट्रवाद’ 

देश/परदेश

Read Time : > 2 मिनेट
सबा सत्तार
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:५४:oo

राजनीतिक उपादेयताबाहेक धर्ममा खासै रुचि नभएका विनायक दामोदर सावरकरको अप्रत्यक्ष भूमिका छ, हिन्दू राष्ट्रवाद जन्मिनुमा

भारतको धर्मनिरपेक्षतामाथि अहिले खतरा मडारिएको छ । हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)का नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले २० करोड मुसलमान अल्पसंख्यकलाई सिकार बनाइरहेको छ । भारत विश्वकै सबैभन्दा विशाल लोकतन्त्र हो, तर थुप्रै विज्ञका अनुसार भारतीय लोकतन्त्र खतरामा परेको छ ।

दक्षिण एसियाली मामिलाको अध्येता भएको नाताले भारतको हालको हिन्दू पहिचानवादी रुझान भएको राजनीतिले बेलायती साम्राज्यवादी उपनिवेश रहेकै समय अर्थात् २०औँ शताब्दीमा जरा गाडेको हो भन्ने मेरो मत रहेको छ । सन् १९२३ मा उपनिवेशविरोधी विनायक दामोदर सावरकरले पहिलोपटक हिन्दुत्व शब्दको प्रयोग गरेका थिए, जसको अनुवाद मोटामोटी रूपमा ‘हिन्दूपना’ भन्ने हुन्छ । यसले मूल भारतको कल्पना गरेको थियो, जसले ‘भारत माताको’ भूगोल, भाषा एवं धर्मलाई अपनाओस् । यो विचारधारा एक नास्तिकको थियो, अर्थात् सावरकरलाई राजनीतिक उपादेयताबाहेक धर्ममा खासै रुचि थिएन । सन् १९१० मा उनलाई तत्कालीन ब्रिटिस भारतका एक वरिष्ठ अधिकारी कर्जन विलीको हत्या प्रयासको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । जेलमै रहेका वेला सावरकरले आफ्नो आधारभूत ग्रन्थ ‘हिन्दुत्व : हु इज अ हिन्दू ?’ लेखेका थिए । हिन्दू राष्ट्रवादका धुरन्धर विद्वान् क्रिस्टोफे जेफ्रोलेट सावरकरको यो पुस्तकलाई हिन्दू राष्ट्रवादको पहिलो घोषणापत्र मान्छन् । सावरकरले बाहिरिया अतिक्रमणकारी भन्ने इस्लाम र इसाई धर्मविरुद्ध भारतका मूल धर्महरू एकजुट होऊन् भन्ने चाहन्थे । 

त्यस समयमा सावरकर भारतीय उपमहाद्वीपलाई विशाल हिन्दूराष्ट्र वा साझा भूगोल, धर्म एवं संस्कृति भएको राष्ट्र मान्थे । यो विचारअनुसार बौद्ध, जैन एवं शिखलगायत धर्मले बृहत् हिन्दुत्व खाकाभित्रै आफ्नो राष्ट्रिय पहिचान खोज्नुपर्थ्यो । हिन्दुत्व सतहमा आउँदा यसले कुनै धर्मविशेष मात्रैको पहिचानको पैरवी गरेको थिएन । हिन्दुत्व बहुसंख्यक जातिको अवधारणा एवं राष्ट्रवादको कलेवरमा पहिचानको राजनीति थियो । सन् १९१९ मा भएको खिलाफत अभियान अर्थात् इस्लामिक विश्व बनाउन गरिएको एक अभियान जहाँ भारतीय मुसलमानलाई एकतृत गरिएको थियो, त्यसले सावरकरलाई थप उग्र बनाएको थियो । खिलाफतले एकजुट गराएको मुसलमान एवं जातका आधारमा विभाजित हिन्दू सावरकरका लागि खतरा बन्न पुगे । अन्ततः सन् १९२१ मा हिन्दू महासभा नामक राजनीतिक दलको निर्माण भयो । र, सावरकर महासभाका अग्रणी नेता बने ।

जेलबाट छुटेलगत्तै सावरकरको हिन्दुत्वको भाष्य कम समावेशी भयो र मुसलमानप्रति बढी द्वेषपूर्ण बन्न पुग्यो । सन् १९६३ मा सावरकरले ‘सिक्स ग्लोरियस एपोक्स अफ इन्डियन हिस्ट्री’ पुस्तकमा मुसलमान एवं इसाईहरूले हिन्दू धर्मलाई मास्न खोजेको लेखेका थिए । उनले भारतमा द्वितीय विश्वयुद्धको वेलाका जर्मनी, जापान एवं इटालीमा झैँ सर्वसत्तावादी शासन हुनुपर्छ भनेर पनि पैरवी गरेका थिए । सावरकरले कार्यपालिका एवं सेनामा रहेका मुसलमान सम्भावित देशद्रोही हुन् । त्यसकारण यी निकायमा मुसलमानको संख्या नियन्त्रण हुनुपर्ने मत पनि राखेका थिए । र, यसरी सावरकरको विचारधारा समकालीन हिन्दू राष्ट्रवादको जग बन्न पुग्यो । 

सन् १९२५ मा मुम्बईनजिक केशव बलिराम हेड्गेवारको उदय भयो र उनले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को स्थापना गरे । अहिले आरएसएस सत्तारूढ दल भाजपाको छाता संगठन हो । सन् १९४० सम्ममा सो संगठनमा ६ लाख स्वयंसेवक पुगिसकेका थिए र अहिले यो संख्या ५० लाखभन्दा बढी रहेको छ । मोदीको नेतृत्वमा हिन्दू राष्ट्रवादलाई मूलधारमा स्थापित गरिएको छ र अहिले हिन्दू राष्ट्रवादीहरूले महŒवपूर्ण क्याबिनेट एवं मन्त्रीस्तरीय पदहरू ओगटेका छन् । 

आरएसएसलाई राजनीतिक दलका रूपमा दुईपटक प्रतिबन्ध लगाइएको थियो । पहिलो प्रतिबन्ध सन् १९४८ मा आरएसएसका पूर्वसदस्य नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेपछि लगाइएको थियो भने दोस्रो प्रतिबन्ध अयोध्यामा बाबरी मस्जिदलाई भत्काएपछि सन् १९९२ मा लगाइएको थियो । मस्जिद भत्किएपछि भएको राष्ट्रव्यापी दंगामा करिब एक हजारभन्दा बढी मानिस मारिएका थिए र मारिनेमा अधिकांश मुसलमान थिए । हिन्दू राष्ट्रवादीहरू मस्जिद भत्काएको स्थानलाई भगवान् रामको जन्मभूमि मान्छन् । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले पनि हिन्दू राष्ट्रवादीको पक्षमा फैसला सुनायो र विवादित भूमिमा राम मन्दिर निर्माण गर्ने अनुमति दियो । 

पहिलो प्रतिबन्धपछि सन् १९५१ मा आरएसएस र महासभाले आफ्नै राजनीतिक दल भारतीय जनसंघ (हालको भाजपाको पूर्वाधिकारी दल)को स्थापना ग¥यो । एकताबद्ध हिन्दू राष्ट्रका निम्ति जनसंघले भारतका सबै अल्पसंख्यकलाई ‘भारतीयकरण’ गर्न मञ्च बनायो । दक्षिण एसियामा शताब्दीयौँदेखि मुसलमानलाई एक भिन्न पन्थको समुदाय वा तथाकथित तल्लो जातका रूपमा हेरिन्थ्यो, तर निर्मूल गर्नुपर्ने बाहिरी शत्रुका रूपमा कहिल्यै हेरिएको थिएन । तर, सावरकर यो मतलाई मान्दैनथे । उनी विभिन्न हिन्दू समूहलाई एकतृत गरेर मुलुकलाई बाहिरी अतिक्रमणबाट जोगाउन चाहन्थे । सावरकरको आधारभूत मान्यता भाजपाको सन् २०१४ को घोषणापत्रको जग रहेको थियो, जसले ‘उपेक्षा भएको’ हिन्दूराष्ट्रको पार्टी एजेन्डालाई पुनः उठान गरेको थियो । भारतको संविधानमा धर्मनिरपेक्षता उल्लेख गरिएको छ, तर सन् २०१९ को आमचुनावमा भएको भाजपाको फिर्तीले भारतमा आधारभूत परिवर्तन हुने र हिन्दू पहिचान स्वीकार हुने सम्भावना बढेर गएको छ । सन् २०२४ मा हुने आमचुनावसम्ममा राम मन्दिर बनिसक्ने अपेक्षा गरिएको छ । र, मस्जिदको भग्नावशेषमा बनेको मन्दिर र त्यसले ल्याएको उत्सव भारतको रूपान्तरणको प्रतीक बन्नेछ । 

द कन्भर्सेसनबाट 

(सत्तार इन्स्टिच्युट अफ वर्ल्ड पोलिटिक्समा राज्य एवं राष्ट्रिय सुरक्षा विषयमा विद्यावारिधि गरिरहेकी छन्) 
 


 

ad
ad