मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २५ बिहीबार १२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी दमनको विरोधमा भोलि बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १२:४५:oo

कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा भोलि शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने भएका छन्। सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीहरूको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि भोलिका लागि कुनै पनि मुद्दामा बहस नगर्ने भएका हुन्।

धर्नामा प्रहरीले हस्तक्षेप गर्दा केही कानुन व्यवसायीहरू घाइते भएका छन्। बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्दै आएका कानुन व्यवसायीहरूले प्रहरी दमनको विरोधमा भोलि सर्वोच्चमा सबैखाले मुद्दामाथिको बहस बहिष्कार गर्ने बारका महासचिव लीलामणि पौडेलले बताए।