१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २५ बिहीबार १o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १o:४७:oo

किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ ।  महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनको जन्मभूमि इलाम, साधना तथा देहावसानस्थल पाँचथरसहित किराँती समुदायको बसोवास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ ।

जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिम (मन्दिर)मा पूजाअर्चना, फाल्गुनन्दका सालिक तथा प्रतिमामा माल्यार्पण, महागुरु फाल्गुनन्दले दिएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र संवर्द्धनलगायतका विषयमा छलफल तथा विमर्श हुने गरेका छन् । प्रत्येक वर्ष पूर्वी नेपालको एक स्थानमा जन्मजयन्तीको मूल कार्यक्रम आयोजना हुने गरेको छ । 

किराँत धर्म तथा साहित्य उत्थान संघसहित विभिन्न संघसंस्थाको आयोजनामा मूल कार्यक्रम आयोजना गर्ने गरिएको छ । यस वर्ष मोरङको केराबारीमा मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङ्देन मिङ्सो माङहिमको उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको किराँत धर्म तथा साहित्य उत्थान संघले जनाएको छ ।

उक्त कार्यक्रममा महागुरु फाल्गुनन्दका उत्तराधिकारी धर्मगुरु आत्मानन्द लिङ्देन सेइङ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङ्देनबाट धार्मिक प्रवचनको कार्यक्रमसमेत राखिएको छ । जन्मजयन्तीको समारोह हुने स्थानमा प्रत्येक वर्ष कात्तिक २३ गते गालीश्राम बगाउने र २४ गते सेवा पूजा गर्ने प्रचलन रहेको फाल्गुनन्दको तपोभूमि लब्रेकुटी क्षेत्र र किराँत धर्मका क्षेत्रका क्रियाशील युवा सुवास तुम्बापोको भनाइ  छ ।