१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Wednesday, 03 July, 2024
२o७८ कार्तिक २२ सोमबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

सियरा लियोनमा तीनदिने राष्ट्रिय शोक घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार १४:१४:oo

सियरा लियोनका राष्ट्रपति जुलिउस माडा बायोले तीनदिने राष्ट्रिय शोक घोषणा गरेका छन्। गत शनिबार इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा एक सय आठजनाको मृत्यु भएको थियो। त्यहाँ सोमबार, मंगलबार र बुधबार राष्ट्रिय शोक मनाइने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार इन्धन बोकेको एउटा ट्यांकर अर्को सवारीसाधनसँग ठोक्किएपछि आगलागी भएको थियो। बिहानको समयमा किनबेचका लागि सडकमा सयौँ मानिसको भिड लागेको वेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ।

राष्ट्रपति बायोले अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्। उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका बताइएको छ। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले अनुमान गरेका छन्।

ad
ad
ad
ad