मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हेमन्त केसी जाजरकोट
२०७८ कार्तिक १९ शुक्रबार ०७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोटमा मिनीट्रक दुर्घटना : दुईको मृत्यु, एक बेपत्ता 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १९ शुक्रबार ०७:२४:००

गएराति सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको  बा.५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता छन् ।

१० जना यात्रु सवार उक्त मिनीट्रकमा  ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव  र एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइतेहरूमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह, नीराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् ।