१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बिच्किए बार–बेन्च, एउटै अडान राजीनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:३८:oo

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा राजीनामाको चर्को दबाबमा परेका छन्। आफ्नै महत्वाकांक्षाका कारण बार र बेन्च बिच्किएपछि प्रधानन्यायाधीश जबरा राजीनामा गर्नुपर्ने चर्को दबाबमा परेका हुन्। प्रधानन्यायाधीश जबराले राजीनामा नदिई कार्यकाल लम्ब्याउन अनेक प्रस्ताव गरेपछि मंगलबारबाट कानुन व्यवसायीहरूको सर्वोच्च संस्था नेपाल बार एसोसियसन र सहकर्मी न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध वारपारको आन्दोलनमा होमिएका छन्। 

सोमबार एक सातापछि बन्दीप्रत्यक्षीकणको मुद्दा हेर्ने गरी इजलासमा फर्किएका न्यायाधीशहरूले मंगलबार कुनै पनि मुद्दा हेरेनन्। नेपाल बारले आन्दोलन थालेपछि आइतबार जबराले एकाएक सम्मानजनक बर्हिगमनको प्रस्ताव गरेका थिए। सम्मानजनक बर्हिगमनको प्रस्तावपछि वार्तामार्फत छलफल अगाडि बढाउने पक्षमा न्यायाधीशहरू उभिएका थिए। तर,प्रधानन्यायाधीशले सोमबार वार्ता समितिसँग संविधानबमोजिम पूरै कार्यकाल रहन दिनुपर्ने प्रस्ताव गरेपछि न्यायाधीशहरू जबराको प्रस्तावलाई विश्वास गर्न नसकिने निष्कर्षमा पुगेका हुन्।  

राजीनामाबाहेकको प्रस्ताव अस्वीकार 
सोमबार जबराले गरेको प्रस्तावबारे छलफपछि न्यायाधीशहरू तत्काल राजीनामाबाहेकको अडानबाट पछि नहट्ने पक्षमा रहेको एक न्यायाधीशले जानकारी दिए। ‘उहाँले सम्मानजनक बहिर्गमनका लागि भनेर तीन विकल्प अघि सार्नुभएको थियो। हामीले त्यहीअनुसार हिजो बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्याेँ। पहिलो कुरा त ती विकल्प हाम्रा लागि मान्य हुने खालकै थिएनन्। उहाँले अल्मल्याउन मात्र तिनलाई अघि सार्नुभएको हो,’ एक न्यायाधीशले भने, ‘हिजो हामीले बन्दीप्रत्यक्षीकरणका मुद्दा हेरेपछि उहाँले अब यिनीहरू मुद्दा हेर्न फर्किए भन्ने सन्देश दिन खोज्नुभयो। त्यसकारण हामी बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत नहेर्ने दुःखद निर्णय लिन बाध्य भयौँ।’ 

सोमबार न्यायाधीशको निर्णयसँगै तोकिएका सबै बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ रोकियो। ती न्यायाधीशले राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए। आफूहरू तत्काल राजीनामाको मागमा अडिग रहेको ती न्यायाधीशको भनाइ छ। न्यायाधीशहरूले तिहारलगत्तै निर्णायक आन्दोलन गर्ने निर्णय गरेका छन्। तिहार बिदाअघि बुधबार एक दिनभने बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने न्यायाधीश बैठकले निर्णय गरेको छ। 

कानुन व्यवसायीको मतः बदनाम भएर सम्मानित बर्हिगमन सम्भव छैन
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको सम्मानजनक बर्हिगमन भन्दै ल्याएको प्रस्तावमा कुनै तुक नरहेका निष्कर्ष निकालेका छन्। नेपाल बारले सुरु गरेको आन्दोलन तेस्रो दिनमा पुगेको छ। बारले तेस्रो दिनसम्मको आन्दोलनबाट तत्काल राजीनामाबाहेकको विकल्प नरहेको बारको निष्कर्ष छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ विवादित जबराको नेतृत्व असफल भइसकेकाले सम्मानजनक बर्हिगमन या अन्य कुनै बहानामा आउने प्रस्ताव मान्न नसकिने बताउँछन्। ‘उहाँले अब न्यायालय सम्हाल्न सक्नुहुन्न। पदबाट राजीनामा दिनुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘आलटाल गरे तिहारलगत्तै कानुन व्यवसायी र जनता सडकमा आउने अवस्था आउन सक्छ।’ जबराले तत्काल राजीनामा दिनु नै सम्मानजनक हुने भएकाले महाभियोगबाट हट्नुपर्ने अवस्था नल्याउन उनले चेतावनी दिए।

नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहाल न्यायालयको गरिमा जोगाउने गरी आफैँ राजीनामा दिनु नै सम्मानजनक बहिर्गमन भएको तर्क गर्छन्। उनले प्रधानन्यायाधीश जबराकै कारण अविश्वासको अवस्था आएको दाबी गरे। ‘उहाँले हुन्छ भन्ने र नगर्ने गर्दा अविश्वासको शृंखला सुरु भयो। प्रधानन्यायाधीशले कार्ड मात्रै फ्याँकेपछि बार र बेन्चबीच अविश्वासको अवस्था देखियो,’उनी चेतावनी दिँदै भन्छन्,‘ समस्याहरू बढ्दै जाँदा सर्वोच्चका न्यायाधीशहरू पनि चिन्तित भएर अहिलको भूमिका निभाइरहनुभएको छ। राजीनामा नआए आन्दोलनको स्वरूप परिवर्तन हुन्छ।

ad
ad