१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख ३१ सोमबार o७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

देउवालाई सभापतिबाट बिदा दिनुपर्छ : शशांक कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५७:oo

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनबाट बिदा गर्नुपर्ने बताएका छन् । कांग्रेसको महाभारत गाउँकार्यसमितिले गरेको कार्यक्रममा महामन्त्री कोइरालाले यस्तो बताएका हुन् । 

‘अब नेपाली कांग्रेसभित्र युवालाई आकर्षित गर्ने नेतृत्व आवश्यक छ,’ कोइरालाले भने, ‘वर्तमान सभापतिले अब पार्टी सञ्चालन गर्न सक्नुहुन्न, युवालाई पार्टीमा आकर्षित गर्न सक्नुहुन्न । त्यसैले आउँदो महाधिवेशनबाट उहाँलाई बिदा गर्नुपर्छ ।’

उनले कांग्रेसमा नेतृत्व परिवर्तनको समय आएको भन्दै पार्टीमा ४० वर्षभन्दा कम उमेरका युवालाई आकर्षित गर्दै ६० वर्षभित्रले नेतृत्व गर्नुपर्ने जिकिर गरे । फरक प्रसंगमा उनले आगामी निर्वाचनमा कांग्रेसलाई कांग्रेसलेबाहेक अन्य दलले हराउन नसक्ने दाबी गरे ।

‘आगामी निर्वाचनमा कांग्रेसलाई एमाले, माओवादीलगायतका कुनै पनि दलले हराउन सक्दैनन् । कसैले हराउन सक्छ भने कांग्रेसले मात्रै हो,’ उनले भने, ‘कांग्रेस एकजुट भएन भने मात्र निर्वाचनमा हार्नेछ । अन्यथा, जित सुनिश्चित छ ।’ कार्यक्रममा माओवादीका पूर्वप्लाटुन कमान्डर बुद्धिमान योञ्जन बिजुलीसहित विभिन्न पार्टीका कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।

ad
ad