१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायालयको समस्या समाधन गर्न नसकेको भन्दै पूर्वराष्ट्रपति यादवद्वारा सरकारको आलोचना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:५४:oo

पूर्व राष्ट्रपति डा रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। पूर्व राष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गरेका छन्।

आइतबार काठमाडौँमा ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको विमोचन कार्यक्रममा कार्यक्रममा न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैैन? भनेर सरकारलाई प्रश्न गरे। कानुनमन्त्री सो समस्या समाधान गर्न सक्दैनन? भन्दै पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्‍याएको बताए। 

उनले सारा न्यायाधिशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरुमाथि प्रश्न गरे।  उनले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ। बुद्धिजीविहरु एकातिर छ। संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ। यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छ कि म छोडदिन। केही नभएपनि एक्लै बेञ्चमा बस्छ। कसको तागतमा? सकरारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन? आज संसारको सामुन्ने न्यायालयको अवस्था यस्तो छ। तर सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ। यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउँको देखाउन सक्छौं?’

पूर्व राष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्। पूर्व राष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भिर नभएकोमा चिन्ता समेत व्यक्त गरे। 

ad
ad