१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पाँचदलीय गठबन्धन निर्वाचनसम्मै जान्छ : ऊर्जामन्त्री भुसाल

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:२३:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन बनेको बताएकी छिन्। प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन)को जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनले पाँच दलको गठबन्धनको बलबाटै प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताइन्।

‘अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ,’ उनले भनिन्। जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन पररास्त भएको उल्लेख गर्दै उनले गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने बताइन्। ‘गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्,’ मन्त्री भुसालले भनिन्, ‘तर हामी सचेत छौँ, निर्वाचनसम्म गठबन्धनलाई लैजान्छौं।’

ad
ad