१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ १ मंगलबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सशस्त्र द्वन्द्वमा बेपत्ता भएका छोराको १९ वर्षपछि किरिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o७:oo

मोरङ कानेपोखरी गाउँपालिका– ४ खोरिया टोलीनिवासी एक दम्पतीले दशवर्षे सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएका छोराको १९ वर्षपछि किरिया गरेका छन् ।  ६७ वर्षीय बाबु रामबहादुर धिमाल र ६५ वर्षीया आमा दलीमाया धिमालले १९ वर्षदेखि बेपत्ता भएका छोरा सुनीलको किरिया गरेका हुन् । 

सुनीलले तत्कालीन विद्रोही नेकपा (माओवादी)को पूर्णकालीन कार्यकर्ता भई ०५६ देखि घर छाडेका थिए । त्यसपछि पनि कहिलेकाहीँ घर आइरहने सुनील ०५८ कात्तिकयता भने परिवारको सम्पर्कमा आएनन् । वर्षौँसम्म पनि छोरा नफर्किएपछि छोरा नफर्किएपछि आत्मशुद्धीका लागि किरिया गरेको धिमाल दम्पतीले बताए । २४ वर्षको उमेरमा जनयुद्धमा लागेका सुनीललाई ०५८ कात्तिकमा शाही सेनाले पक्राउ गरेर लगेको थियो । 

ad
ad