Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ११ बिहीबार ०८:५२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

मासिक २० युनिट मात्रै विद्युत् उपयोग गरे ३० रुपैयाँ, २० लाख ग्राहक लाभान्वित हुने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ११ बिहीबार ०८:५२:००

विद्युत् नियमन आयोगले पाँच एम्पियरको लाइन लिने घरायसी उपभोक्तालाई २० युनिटसम्मको विद्युत् निःशुल्क गरेको छ । ती उपभोक्ताले न्यूनतम सेवा (डिमान्ड) शुल्क ३० रुपैयाँ भने तिर्नुपर्नेछ । विपन्न नागरिकलाई लक्षित गरी यो निर्णय गरिएको आयोगले जानकारी दिएको छ । आयोगको १४०औँ बैठकले विपन्न नारिकलाई लक्षित गरी  मंसिरदेखि विद्युत खपत र पुसदेखि बिलमा लागू हुने गरी विद्युत उपभोक्ता महसुल दर निर्धारण गरेको हो। प्राधिकरणको ४९ लाख ७९ हजार ग्राहकमध्ये १९ लाख ८६ हजार ग्राहक पाँच एम्पियरसम्म विद्युत् खपत गर्छन् । 

यसैगरी, सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने घरायसी उपभोक्ताको इनर्जी शुल्कमा प्रतियुनिट ५० पैसा घटाएर नौ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सिंगल फेजबाट मासिक चार सय युनिटभन्दा धेरै विद्युत् खपत गर्ने घरायसी  उपभोक्ताको इनर्जी शुल्कमा प्रतियुनिट एक रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ । आयोगले ग्रार्हस्थ्यस्तरमा विद्युत् खपत बढाउन औसतमा २ दशमलव ८४ प्रतिशतले मूल्य घटाएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए । 

सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर ३० एम्पियरका ग्रार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्क २५ रुपैयाँले घटाएको छ । जसअनुसार अब क्रमशः एक सय, १२५ र १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सिंगल फेजबाट मासिक चार सय युनिटभन्दा बढी खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर ३० एम्पियर र ६० एम्पियरका ग्रार्हस्थ्र्य उपभोक्ताको मासिक न्यूनतम शुल्कमा पनि २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ । 

सिँचाइमा करिब ४१ प्रतिशत महसुल घट्यो
आयोगले ट्युब वेल सञ्चालन गर्न सिँचाइ उपभोक्ताको औसतमा ४० दशमलव ६९ प्रतिशतले महसुल घटाएको छ । टिओडी मिटरमार्फत ३३ केभीबाट आपूर्ति लिने उपभोक्ताले राति ११ बजेदेखि बिहान ६ बजेसम्मको इजर्नी शुल्क प्रतियुनिट १ दशमलव १५ रुपैयाँले घटाई दुई रुपैयाँ कायम गरिएको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ दशमलव ७० रुपैयाँले घटाई प्रतियुनिट तीन रुपैयाँ कायम गरिएको छ । यसैगरी, टिओडी मिटरमार्फत ११ केभीबाट आपूर्ति लिने उपभोक्ताको राति ११ बजेदेखि बिहान ६ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ दशमलव ५० रुपैयाँले घटाई दुई रुपैयाँ कायम गरिएको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको इजर्नी शुल्क प्रतियुनिट १ दशमलव ६५ रुपैयाँले घटाई प्रतियुनिट ३ दशमलव १० रुपैयाँ कायम गरिएको छ । आयोगले विद्युत् खपत वृद्धि गर्न सिंगल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्रार्हस्थ्र्य वर्गका उपभोक्ताका लागि विद्युतीय चुलोजस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न साबिकको भन्दा न्यून महसुल हुने गरी दर निर्धारण गरेको छ । 

प्राधिकरणले चालू आवमा आवश्यक पर्ने वार्षिक ९९ अर्ब १० करोड ६० लाख खर्च प्रस्ताव गरेकोमा आयागले तीन अर्ब ३२ करोड ३५ लाखले घटाएको छ । आयोगले प्राधिकरणको खर्च ९५ अर्ब ७८ करोड २४ लाख अनुमान गरिएको छ । प्रािधकरणले चालू आवमा विद्युत् बिक्रीबाट ८४ अर्ब ७२ करोड २० लाख र नौ अर्ब ९९ करोड ८१ लाख अन्य आम्दानी गरी ९४ अर्ब ७२ करोड एक लाख आम्दानी अनुमान गरिएको छ । 

आयोगले प्राधिकरणको चालू आवको प्रतिफल गणना गर्दा कुल स्थिर सम्पत्तिको औसत लागत मूल्यको ३० प्रतिशत रकमलाई स्वपुँजीका रूपमा आधार मानेको छ । स्वपुँजी रकमको ८ दशमलव २८३ प्रतिशतले हुन आउने पाँच अर्ब ९२ करोड ७० लाख रुपैयाँलाई प्रतिफलको रूपमा स्वीकृत गरेको छ । 

यसअघि नेपाल विद्युत् प्राधिकरणले १५ भदौमा आयोगलाई उपभोक्ताको विद्युत् महसुल निर्धारणका लागि प्रस्ताव बुझाएको थियो । आयोगले प्रस्तावलाई रीतपूर्वक विस्तृत अध्ययन, छलफल र विश्लेषण, सार्वजनिक सुनुवाइ र विभिन्न अनलाइनमाध्यममा प्राप्त राय–सुझाब र प्रतिक्रियालाई अध्ययन गरेर निर्णय गरिएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले बताए । ‘प्राधिकरणले बुझाएको चालू आवमा वृद्धि हुने प्रक्षेपित खर्च शीर्षकको विवरणलाई अध्ययन गरी तर्कसंगत खर्च मात्र स्वीकृत गरिएको छ’ उनले भने । प्राधिकरणले विद्युत् खरिदबापतको खर्च, विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनाको सञ्चालन खर्च, ब्याज खर्चलगायतका शीर्षकमा खर्च बढ्ने प्रक्षेपण गरेको छ ।

विद्युतीय सवारीमा मौसमीदर कायम
विद्युतीय सवारीसाधनको उपभोग बढाउन आयोगले मौसमीदर कायम गरेको छ । थ्री फेजबाट विद्युत् आपूर्ति लिने ग्रार्हस्थ्य उपभोक्तालाई असारदेखि कात्तिकसम्म वर्षायामको महसुलदर र मंसिरदेखि जेठसम्म सुक्खायामको महसुलदर कायम गरिएको छ । 

थ्री फेज तल्लो भोल्टेज (२३०÷४०० भोल्ट)बाट आपूर्ति लिने उपभोक्ताले मासिक ४०० युनिटसम्म विद्युत् खपत गर्नेको वर्षायामको इनर्जी शुल्कमा प्रतियुनिट एक रुपैयाँ घटाएर साढे १० रुपैयाँ कायम गरेको छ । त्यस्तै, मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्नेलाई प्रतियुनिट साढे एक रुपैयाँले घटाई साढे १० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सुक्खायामको इनर्जी शुल्कमा ५० पैसाले घटाएर प्रतियुनिट साढे ११ रुपैयाँ कायम गरिएको छ । यसैगरी ११÷३३ किलोभोल्टबाट आपूर्ति लिई वर्षामा मासिक एक हजार युनिटसम्म खपत गर्नेको इनर्जी शुल्कमा प्रतियुनिट ५० पैसा घटाई साढे १० रुपैयाँ कायम गरिएको छ । वर्षायाममा एक हजार युनिटभन्दा बढी विद्युत् खपत गर्नेको हकमा भने इनर्जी शुल्कमा ५० पैसा घटाएर साढे १० रुपैयाँ बनाएको छ । सुक्खा याममा भने एक रुपैयाँ घटाएर प्रतियुनिट ११ रुपैयाँ कामय गरिएको छ ।