१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

मुद्रास्फीति नरोकिएको भन्दै पाकिस्तानमा प्रतिपक्षद्वारा सरकारको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४५:oo

पाकिस्तानमा सरकारले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेको तथा मुलुकमा मुद्रास्फीति रोक्न नसकेको भन्दै प्रतिपक्षी पार्टीका नेताहरूले चर्को आलोचना गरेका छन्। प्रतिपक्षी नेता शाभाज सरिफले इमरान खान नेतृत्वको सरकारका पालामा मुद्रास्फीति चुलिएको भन्दै विरोध जनाएका हुन्। उनले मुद्रास्फीति रोक्न चालिने कदममा ढिलाइले मुलुकमाथि ठूलो अन्याय हुनेसमेत टिप्पणी गरेका छन्।

नेता सरिफले वक्तव्य जारी गर्दै गम्भीर, सक्षम र विश्वासयोग्य टिमले मात्रै शासन गर्न सक्ने भन्दै परिस्थिति सम्हाल्न नसके सरकारले मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरेका छन्। ‘मुद्रास्फीति, आर्थिक विनाश र बेरोजगारीको मूल्य दिनदिनै मुलुकले चुकाउनु परिरहेको छ। गरिब मात्र होइन, आकर्षक रोजगार भएकाहरू पनि परिस्थितिबाट पिल्सिएका छन् भन्ने कुरा सरकारले बुझ्न सकेको छैन,’ सरिफले वक्तव्यमा भनेका छन्। यसले पाकिस्तानको राष्ट्रिय सुरक्षा खतरामा परेको र आर्थिक क्षयको दिशामा मुलुक गएको उनको टिप्पणी छ।

‘सरकारले या त जनताको कल्याणअनुसार अर्थतन्त्रलाई सुधार गर्नुपर्छ वा मार्गप्रशस्त गर्नुपर्छ,’ सरिफले भनेका छन्, ‘होइन भने सरकार जति मिनेट रहन्छ, यसले अर्बौँ रुपैयाँको मूल्य चुकाइरहेको हुनेछ।’ सरकारले मूल्यवृद्धि रोक्ने वाचा गरेको, तर अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको भन्दै सरिफले आलोचना गरेका छन्।

ad
ad