मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा जंगली जनावरको आतंक : पहिलोपटक गैंडाद्वारा मानिसमाथि आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

कञ्चनपुरमा चितुवा, हात्ती तथा गैडाजस्ता जंगली जनावरको आतङ्क बढ्दै गइरहेको छ। ३ कार्तिकमा कञ्चनपुरको शुल्लाफाँटा नगरपालिका–१२ कालागौडीमा जंगली हात्तीको बथानले एक दाम्पत्तीमाथि आक्रम्रण गरेको एक साता नवित्दै बेलौरीमा गैडाले मानिसमाथि आक्र्रमण गरेको छ। बुधबार बिहान गैडाले बेलौरी नगरपालिका–४ मैनाहका ५३ बर्षीय धनीराम रानामाथि आक्र्रमण गरेको हो। रानाको पिठ््युमा गैडाले सिङ्ग प्रहार गरेको छ। 

अमर सामुदायिक वन र बस्तीको सीमा क्षेत्रमा पुगेको गैडाले रानामाथि आक्र्रमण गरेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख दिनेश कुमार यादवले इतिहासमै पहिलो पटक गैडाले कञ्चनपुरमा मानिसमाथि आक्र्रमण गरेको बताए। ‘गैडाले मानिसमाथि आक्र्रमण गरेको यो पहिलो घटना हो’, उनले भने, ‘यस अघि गैडाले नै मानिसमाथि आक्र्रमण गरेको रेकर्ड छैन।’ 

घाइते रानाको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भईरहेको छ। उनका अनुसार घाइते रानाको अवस्था सुधारोन्मुख छ। 

डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादवले बन्यजन्तु बस्ती नजिकै देखिनु वन, वन्यजन्तुको संरक्षण भएको उदाहरण भएको बताउँदै, मानिसमाथि आक्र्रमण भने दुखद् भएको बताए। शुक्लाफाँटा नगरमा हात्तीको आक्र्रमणबाट एक दाम्पत्ती मृत्यु प्रकरणसंगै बेलडाँडी गाँउपालिका–२ कालिकिच क्षेत्रमा चितुवा आतङ्क छ। चितुवा भगाउनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्ती परिचालन गरेको छ। कार्तिक शुरुवातदेखि कञ्चनपुरका एकातिर बाढि कटानी अर्कातिर जंगली जनावरको आतङ्कले स्थानीय त्रसित छन्।