१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री आले भन्छन्– निजी कम्पनीसँग साँठगाँठ गरेर निगमलाई कमजोर बनाउने पक्षमा छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:५३:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन्। नेपाल पर्यटन बोर्डले मंगलबार आयोजना गरेको कार्यक्रममा आलेले यस्तो बताएका हुन्।

विगतमा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङसमेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिइएको उल्लेख गर्दै उनले आफूले त्यसो नगर्ने प्रतिबद्धता जनाए ।

‘आफ्नो नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर प्राइभेट एयरलाइन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाइन्सको ग्राउन्ड ल्यान्डिङचाहिँ कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन। म त्यसमा छैन। म त्यो पनि विश्वास दिलाउन चाहन्छु,’ मन्त्री आलेले भने।

निगमको थन्किएर बसेका दुईवटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटक भित्र्याउने काममा लागिपर्ने भन्दै मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए।

ad
ad