१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओलीले भने– परमादेश जारी गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने होइन र ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२३:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले परमादेश जारी गर्ने पाँचजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिने पाँच न्यायाधीशको ओलीले राजीनामा मागेका हुन्। 

मंगलबार पार्टीका देशैभरका पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले यस्तो भनाइ दिएका हुन्। कसले के गरेको थियो भन्ने न्यायाधीशहरूले नै भन्न थालेको भन्दै ओलीले परमादेश एकजनाले मात्र नभई पाँचजनाले दिएको बताए। त्यसैले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मात्र नभई पाँचैजनाले राजीनामा दिनुपर्ने बताएका हुन्। पाँचजना न्यायाधीशका कारण यो अवस्था आएकोले पाँचजनाले नै राजीनामा दिनु उपयुक्त होइन भन्दै ओलीले प्रश्न गरे।

सर्वोच्चका न्यायाधीश, नेपाल बार एसोसिएसन, सर्वोच्च बार तथा पूर्वप्रधानन्यायधीशहरूले जबराले राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। मंगलबार जबराले पनि उनलाई भेट्न पुगेका न्यायाधीशहरूलाई विवाद उठेका न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहेको जवाफ दिएका थिए। 

उनले अदालतलाई विवाद र तमासाको थलो बन्न दिन नहुने बताए। संसद् विघटनको समयमा बार र वकिलले इजलास तोक्ने गरेको आरोपसमेत लगाए।

ad
ad