१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Monday, 30 June, 2025
मिना बुढाथोकी सल्यान
२o७८ कार्तिक ९ मंगलबार o६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा तरकारी खरिदका लागि आएका व्यापारीबाट तीन लाख रुपैयाँ लुटपाट

Read Time : < 1 मिनेट
मिना बुढाथोकी सल्यान
नयाँ पत्रिका सल्यान
२o७८ कार्तिक ९ मंगलबार o६:४७:oo

सल्यानमा तरकारी खरिदका लागि आएका व्यापारी लुटिएका छन् । सोमबार कपुरकोट गाउँपालिका– १ को कालापात्लाको जंगलमा चार–पाँचजनाको अपरिचित समूहले हतियार देखाएर व्यापारीबाट नगद तीन लाख रुपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपालगन्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईलाई मुख छोपेर आएका लुटेराहरूको समूहले दिनदहाडै लुटपाट गरेकाे हाे । रा.१ख २३९१ नम्बरको मिनीट्रकमा व्यापारी कपुरकोटमा  तरकारी खरिदका लागि आएका थिए ।

लुटेराहरूको समूहले सोमबार बिहान साढे ११ बजेतिरको समयमा गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउँदै नगद तीन लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले बताए । उनका अनुसार मिनीट्रकमा व्यापारी र चालक तथा लेबरसहित चारजना थिए । मुख छोपेर आएका लुटेराहरूले गाडीको चाबीसमेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन्। रकम लुटेर उनीहरू रोल्पातिर भागेको व्यापारीले बताए । गाडी घटनास्थलमै रहेकोे र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।