१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

देशभर थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o३:oo

देशभर थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय ७४ र एन्टिजेन परीक्षणमा एक सय ३४ जनामा संक्रमण देखिएको हो । 
यो अवधिमा ७ हजार दुई सय ५३ जनाको पिसिआर परीक्षण र दुई हजार एक सय २३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर १० हजार नौ सय ४६ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार ९३२ जना कोरोना संक्रमणमुक्त भएका छन्।  
पछिल्लो २४ घन्टामा ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ३७ पुगेको छ।
 

ad
ad