मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Wednesday, 09 July, 2025
नेत्र पन्थी काठमाडाैं
२o७८ कार्तिक ३ बुधबार o९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढी र पहिरोपीडितको उद्धारमा जुट्न सरकारसँग अखिल क्रान्तिकारीको माग

Read Time : < 1 मिनेट
नेत्र पन्थी, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार o९:५२:oo

अखिल क्रान्तिकारीले देशका विभिन्न भागमा आएको बाढीका कारण मृत्यु भएका परिवारलाई राहत र घाइतेको उपचार तुरुन्त गर्न सरकारसँग माग गरेको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोबाट बेपत्ता भएकाहरूको खोजीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएकी छिन्।

विज्ञप्तिमार्फत उनले बाढीका कारण भएको मानवीय तथा अन्य क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग जोडदार माग गरेकी छिन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपजस्ता संकटको घडीमा अनेरास्ववियु क्रान्तिकारी सदैव जनताको संकट समाधानका लागि जनतासँगै रहेको कुरा जगजाहेर छ । यस संकटको समयमा अनेरास्ववियु क्रान्तिकारीको सबै निकायमा रहनुभएका नेता–कार्यकर्ताहरूलाई उद्धार कार्यमा जुट्न निर्देशन गर्दै विपत् जोखिम क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउनसमेत आह्वान गर्दछौँ ।’