१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Thursday, 03 July, 2025
२o७८ असोज ३० शनिबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल साफको फाइनल पुगेपछि भरतपुरमा खेल विकासका लागि अभियान, विद्यालयमा कोष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३० शनिबार १६:५७:oo

नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको फाइनल प्रवेश गर्दै गर्दा चितवनमा खेलकुद विकासका लागि प्रयास गरिएको छ। भरतपुर–१३ को श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले आफू पढेको विद्यालयमा खेलकुद विकासका लागि अभियानको सुरुवात गरेका छन् ।

हाल अस्ट्रेलियामा रहेका विकास दवाडीले आफू पढेको विद्यालय र क्षेत्रको  खेलकुद विकासका लागि रकम संकलन गरेर अभियान सुरु गरेका हुन्। उनी आफैँले यसका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन् । पहिलेदेखि नै केही गर्नुपर्छ भन्ने सोचलाई अहिले नेपाली टोली साफको फाइनल प्रवेश गरेको अवसरमा अभियानको रूप दिएको दवाडीले बताए। ‘हामी विदेशमा रहेका पूर्वविद्यार्थीहरूले आफ्नो विद्यालयमा केही सहयोग गर्नुपर्छ भन्ने सोच पहिलेदेखि नै थियो । नेपाल साफ च्याम्पिनसिपको फाइनल पुगेको अवसरमा यसलाई अभियानकै रूपमा अघि बढाएका हौँ,’ उनले भने ।

दवाडीका अनुसार तत्काल पाँच लाखको कोष बनाउने योजना छ । पछि यो रकम बढाउँदै लगिने उनीहरूको सोच छ । विद्यालयस्तरबाट नै व्यावसायिक  खेलाडी उत्पादनमा यो अभियानले सहयोग गर्ने उनको विश्वास छ। उनले सबै पूर्वविद्यार्थीलाई यस अभियानमा जोडिनसमेत अनुरोध गरेका छन् ।