१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका राजविराज
२o८१ जेठ १ मंगलबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कंकालिनी भगवती मन्दिरमा ७४४ राँगाको बलि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:२९:oo

बडादसैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा ७४४ वटा राँगाको बलि चढाइएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित कंकालिनी भगवती शक्तिपीठमा महानवीमका दिन ७४४ राँगाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ ।

मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी–१ भलुवा निवासी जगदीश यादवको राँगा बलि प्रदान गरिएको थियो । त्यसपछि बलि दिन ल्याइएका राँगा पालैपालो बलि चढाइएको थियो ।

बिहीबार बिहान ११ बजेर ३० मिनेटबाट सुरु भएको बलि साँझ ८ बजे सम्पन्न भएको थियो । कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानवमीसम्म करिब २० हजारको हाराहरीमा खसीबोकाको बलि दिइएको थियो । 

गत वर्ष कंकालिनी भगवती मन्दिरमा ३८५ राँगा र हजारौँको संख्या खसी, बोका बलि दिइएको थियो । अघिल्ला वर्षमा कोरोनाको महामारीका कारण सीमानाका बन्द हुँदा भएकाले पनि यसपटक धेरै भक्तजनहरू आएका बताइएको छ। कोरोनाका कारण जिल्लाको कंकालिनी भगवती र छिन्नमस्ता भगवतीसहित विभिन्न ठाउँमा मेलासमेत लागेको थिएन।

त्यस्तै, सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करिब २० हजार खसी, बोकाको बलि दिइएको छ । त्यहाँ पनि घटस्थापनादेखि महानवमीसम्म मेला लाग्ने गर्दछ। रासस

ad
ad