१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज २४ आइतबार ०७:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रुपन्देही उद्योग संघमा नयाँ नेतृत्व : माधवप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति

Read Time : > 1 मिनेट
२०७८ असोज २४ आइतबार ०७:४२:००

रुपन्देही उद्योग संघको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।  माधवप्रसाद पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चुनिएको हो ।  समितिको वरिष्ठ उपाध्यक्षमा दिलीप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरिबहादुर खत्री, कोषाध्यक्षमा हीरामणि भट्टराई, सचिवमा वसन्त ढकाल, सचिव महिलामा मञ्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवाली चयन भएका छन् । यसैगरी, आजीवन सदस्यमा माधव नेपाल, संस्थागत सदस्यमा अशोक कुँवर, महिला सदस्यमा शारदा भट्टराई र मीना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली चयन भएको संघले जनाएको छ । 

संघको खुला सदस्यमा प्रेम आले, लालप्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लालबहादुर थापा र नेत्र रुचाल चयन भएका छन् । त्यस्तै, बुटवल उपमहानगरपालिकाबाट लालहरि पाण्डे र जमुना पोखरेल तथा तिलोत्तमा नगरपालिकाबाट विशाल बेलवासे चयन भएका छन् । 

संघको ४३औँ विार्षिकोत्सवको अवसरमा नेकपा एमालेका नेता विष्णु पौडेलले औद्योगिक विकासमा कोही पनि बाधक बन्न नहुनेमा जोड दिएका छन् । देशको आर्थिक तथा औद्योगिक विकासमा कसैले पनि पूर्वाग्रह र नकारात्मक सन्देश दिने खालको काम नगर्न आग्रह गर्दै उनले विकास निर्माणका कामको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका छन् । आफू सरकारमा रहँदा औद्योगिक विकासदेखि विभिन्न महŒवपूर्ण विकास आयोजना अगाडि बढाउने गरी भएका कामको निरन्तर कार्यान्वयनका लागि वर्तमान सरकारले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नहुने उनको भनाइ थियो ।  

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष वीरेन्द्रनाथ पाण्डेले निजी क्षेत्रको विकासका लागि सरकारले लगानीमैत्री र उद्योग–व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए । उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एवं संघका पूर्वअध्यक्ष परिषद्का अध्यक्ष एजाज आलमले उद्योगमुखी अर्थतन्त्र विकासका लागि औद्योगिकीकरणको विकास गर्दै आयातमुखी अर्थतन्त्रको प्रतिस्थापन गर्दै लानुपर्ने कुरामा जोड दिए ।