मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २३ शनिबार १३:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
२०७८ असोज २३ शनिबार १३:१९:००

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत भएको बताएका छन् । शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताए ।

अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको पनि स्पष्ट पारेका छन् । “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन,” उनले भने । सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उनले उल्लेख गरे ।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय हिजो पनि केपी ओलीको कर्म नभएर आफूहरूको कर्म भएको बताउँदै भने, “लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ । अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ।”
     
फरक प्रसंगमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवनजस्तो जिल्लामा गठनबन्धन भएर जाने बताए । रासस