Skip This
कांग्रेस प्रतिनिधिमण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २२ शुक्रबार १२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस प्रतिनिधिमण्डल र भाजपा अध्यक्षबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार १२:२o:oo

भारतीय जनता पार्टीको निमन्त्रणामा भारतको राजधानी नयाँदिल्ली पुगेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता भएको छ। सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डलले बिहीबार साँझ अध्यक्ष नाड्डासँग भेट गरेको सहमहामन्त्री महतले जानकारी दिएका छन्। महतका अनुसार भेटमा नेपाल र भारतबीच सदिऔँदेखि रहिआएको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ सुमधुर पार्न औपचारिक सरकारी सम्बन्धका साथै जनस्तरको सम्बन्ध विकास र विस्तारका विविध आयामहरूबारे छलफल भएको थियो।

भेटका क्रममा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहरको समेत उपस्थिति रहेको थियो। भ्रमण टोलीको नेतृत्व गरेका महतले भेटघाट द्विपक्षीय सम्बन्ध सुमधुर पार्न निकै फलदायी भएको प्रतिक्रिया दिएका छन्।